२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

जोगागाउँमा निःशुल्क स्वास्थ्य शिविर, २ सय ८५ जनाले लिए सेवा



सदरलाइनडटकम
२६ जेठ, नेपालगन्ज : विश्व धुम्रपान रहित दिवस–२०१८ को अवसर पारेर नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ को जोगागाउँमा शनिबार बृहद स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँके अन्तर्गत सामुदायिक स्वास्थ्य सेवा केन्द्रको आयोजना तथा नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ वडा कार्यालय, ह्यूमन राइट्स मोनिटरिङ नेपाल, काइण्ड हर्ट सोसाइटी नेपालगन्ज र स्वास्थ्य अधिकार तथा सुर्तीजन्य वस्तु नियन्त्रण जिल्ला सञ्जाल बाँकेको सहकार्यमा सम्पन्न सो शिविरमा २ सय ८५ जनाले स्वस्थ्य परिक्षण गराएका थिए ।
शनिवार विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालित सो शिविरबाट नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ र जानकी गाउँपालिका वडा नं. २ अन्तर्गत र आसपासका १२ गाउँका १ सय ९४ जना महिला र ९१ जना पुरुष सर्वसाधारण स्वाथ्य सेवाबाट लाभान्वित भएको केन्द्रकी कावा अध्यक्ष श्रीमती तारा केसीले जानकारी दिईन ।
उनले शिविरमा सबभन्दा कम उमेर १ वर्षको बालकदेखि ९० वर्षिय वृद्ध, ७० वर्षिया महिलाले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरेको बताईन ।
सो शिविरमा आँखाको दुखाई, आँखाबाट पानी बग्ने, मोतिया विन्दू, कानबाट पिप बग्ने, कान पाक्ने, छाती र पेट दुख्ने, जिउ दुख्ने, चिलाउने, महिलाहरुको सेतो पानी बग्ने आदि सम्बन्धी समस्याबाट पीडितहरुले सेवा लिएका थिए ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका नाक कान घाँटी रोग विशेषज्ञ डा.श्रीधर पौडेल, स्त्रीरोग डा. स्मृति श्रेष्ठ र डा. रेजिना इद्रीसी, मेडिसिन डा. सुमन चौधरी र डा. राजेश गिरि तथा बाल रोग बालरोग विशेषज्ञद्वय डा.विनायक विवेक दास र डा. अरमान मियाँले स्वास्थ्य परीक्षण गरेका थिए ।
सो शिविरमा नेपागन्ज उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष अजयकुमार पाठक, सदस्य फौजदार यादव, श्री माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जव अलि हलवाई, सदस्य रामवरण वर्मा, प्रहरी चौकी साई गाउँका इञ्चार्ज मनबहादुर थापाको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष पाठकले आयोजक संस्था र चिकित्सकहरुप्रति आभार व्यक्त गर्दै आगामी आर्थिक वर्षमा पनि यस किसिमको शिविर सञ्चालन गर्न सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । सो शिविरमा सहयोग गर्नेहरुमा ह्यूमन राइट्स मोनिटरिङ नेपालका अध्यक्ष रामसुहावन सोनकर र कोषाध्यक्ष मीना चोधरी तथा आयोजक संस्थाकी कोषाध्यक्ष ममता रेग्मी, सदस्य नितेश गिरि, सदस्य ललिता जैसी, स्वास्थ्यकर्मी कृष्ण देवकोटा, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए ।   

प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार
ताजा समाचार