सदरलाइनडटकम
१९ जेठ, नेपालगन्ज : प्रेस स्वतन्त्रता सेनानी, वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’को नागरिक अभिनन्दनलाई भव्य रुपले सम्पन्न गर्न सक्रिय सहभागिताका लागि बाँकेका पेशागत संघ, संस्थाका प्रमुख एवम् प्रतिनिधिले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल प्रेस युनियन बाँकेको संयोजनमा ८९ वर्षिय वरिष्ठ पत्रकार चाचाजीको नागरिक अभिनन्दन यही जेठ २९ गते नेपालगन्जमा हुदैछ । युनियनले शुक्रबार नेपालगन्जमा आयोजना गरेको विभिन्न पेशागत संघ, संंस्थासँग गरेको छलफलमा उपस्थित भएका प्रमुख एवम् प्रतिनिधिले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
