२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

संघिय समाजबादी फोरमको केन्द्रीय सचिवमा सांसद तथा पूर्व मन्त्री राई चयन



सदरलाइनडटकम 
२१ बैशाख, काठमाण्डौ  : संघिय समाजबादी फोरम नेपालको केन्द्रीय सचिवमा बाँके निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य मो.ईस्तियाक राई चयन भएका छन् ।

काठमाण्डौमा संघिय समाजबादी फोरमको हालै बसेको केन्द्रीय समितिको बैठकले सांसद तथा पूर्व मन्त्री समेत रहेका राईलाई केन्द्रीय सचिवमा चयन गरेको उनको सचिवालयले जनाएको छ ।

युवा नेताका रुपमा रहेका राई २०६४ सालको निर्वाचन मा बाँके निर्वाचन क्षेत्र नं. २ बाट संविधान सभामा विजयी भएका थिए ।

उनी २०७४ सालको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नं. २ बाटै प्रतिनिधि सभामा दुई महागठबन्धनलाई किनारा लगाउदै विजयी भएका हुन ।

पार्टीमा स्पष्ट वक्ता तथा खरो विचारको नेताको रुपमा आफ्नो परिचय बनाउन सफल उनी पार्टी सरकारमा जादाँ संघिय समाजबादी फोरमबाट मन्त्रीमण्डलमा समावेश हुने प्रवल संभावना भएका नेतामा पर्छन ।

 

प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार
ताजा समाचार