संविधान कार्यान्वयनमा लाग्न मुख्यमन्त्रीको निर्देशन

११ जेष्ठ २०७५, शुक्रबार १६:२५
 

सदरलाइन\रबिन्द्रसिंह ठकुरी
११ जेठ, नेपालगन्ज :  पा“च नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संबिधान कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नका लागी कर्मचारीहरुलाई आग्रह गरेका छन् ।  निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन प्रदेश नं. ५ को प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई नेपालगन्जमा सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले संबिधान कार्यान्वयन पछी सबैका हक अधिकारी स्थापित हुने भएकोले सबै कर्मचारीहरुले संबिधान कार्यान्वयन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए । मुख्य मन्त्री पोखरेलले कर्मचारीहरुका धेरै समस्याहरु रहेकोले कर्मचारीहरुको हित, राष्ट्रको हित र संबिधान कार्यान्वय हुने गरी प्रदेश सरकारलाई सुझाव दिनका लागी अनुरोध समेत गरे ।
कार्यक्रममा बोल्दै पोखरेलले कर्मचारीहरुको सेवा सुबिधा बृति बिकास र ट्रेड युनियन अधिकारका लागी प्रदेश सरकार छलफल गर्नका लागी तैयार रहेको बताउ“दै यजेण्डा सहित छलफलमा आउनका लागी अनुरोध समेत गरे । देशको बिकासमा कर्मचारीहरुको निकै ठुलो जिम्मेवारी रहेकोले राष्ट्र सेवक र जिम्मेवार भएर आफनो जिम्मेवारी बहन गर्नका लागी पनि पोखरेलले अनुरोध गरे ।
कार्यक्रममा निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका केन्द्रीय पदाधिकारी, प्रदेश नं. ५ का १२ जिल्लाका निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका पदाधीकारी र बिभिन्न ट्रेडयुनियन संबद्धहरुका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

Next Post

उढरापुरमा महिला स्वास्थ्य शिविर हुने

११ जेष्ठ २०७५, शुक्रबार १६:२५
सदरलाइनडटकम ११ जेठ , नेपालगन्ज : खजुरा गाउँपालिका अन्र्तगत उढरापुर स्वास्थ चौकीले जेठ १३ र १४ गते महिला स्वास्थ शिबिरको आयोजना गर्ने भएको छ ५ र ६ न वडा कार्यालयको सहयोग र उढरापुर स्वास्थ्यचौकीको आयोजनामा २ दिने शिबिर गर्न लागिएको हो । आयोजक उढरापुर स्वास्थ्य चौकीका इन्चार्ज तेजबहादुर वलीका अनुसार, […]