ग्यारेजमा आगलागी हुँदा दुई बस जलेर नष्ट

३१ बैशाख २०७६, मंगलवार १४:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगन्ज उप–महानगरपालिका–४ मा रहेको ग्यारेजमा भएको आगलागीमा परेर मर्मत गर्न राखिएका ४ वटा बसमा आगलागि हुँदा २ वटा बस जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रकाश सापकाटाले दिएको जानकारी अनुसार नेपालगन्ज बसपार्कबाट बाईपास हुँदै काकाँदोचोक निस्कने बाटोमा कृष्णबहादुर पुनले सञ्चालन गरेको सो ग्यारेजमा मर्मत गर्ने क्रममा आगलागि भएको हो ।
मंगलबार बिहान ११ः १० बजेतिर भएको सो आगलागीबाट ना ४ ख ७०२४, ना ५ ख २४६५ जलेर पूर्ण रुपमा नष्ट भएको छ भने ना ६ ख ९११६, क.प्र.०२.००१ ख ००१२ नंम्बरको बसमा भने आंशिक रुपले क्षति पुगेको छ ।
प्रहरी नायव उपरिक्षक सापकोटाले बसमा वेल्डिङ्ग गर्दै गर्दा हावा चलेको कारण आगलागि भएको प्रारम्भिक अनुसंन्धानले जनाएको बताए । प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र नेपालगन्ज उप–महानगरपालिकाको दमकलको प्रयासबाट करिव १ घण्टाभित्र आगो नियन्त्रणमा लिन सफल भएको थियो । सो घटनामा मानविय क्षति नभएपनि क्षतिको आँकलन हुन सकेको छैन ।  

Next Post

सामुदायिक वनमा आगो लगाउने पक्राउ

३१ बैशाख २०७६, मंगलवार १४:००
सदरलाइनडटकम, सल्यान : सामुदायिक वनमा आगो लगाउँदै गरेको अबस्थामा सल्यानमा एकजना पक्राउ परेका छन् । शारदा नगरपालिका–२ स्थित आमा चौतारी नजिक वनमा आगो लगाइरहेका एकजनालाई सशस्त्र प्रहरी वल सल्यानले नियन्त्रणमा लिएको हो । वडा नम्बर २ का ५९ वर्षीय तीर्थबहादुर खाडलाई आगो लगाउँदै गरेको अव्स्थामा वनबाट पक्राउ गरिएको सशस्त्र प्रहरी […]

सम्बन्धित