सुर्खेतमा बस दुर्घटना हुँदा १२ जना घाइते

सदरलाइन संवाददाता ६ आश्विन २०७८, बुधबार १३:२४
 

सुर्खेत : सिम्ता गाउँपालिका–४ बजेडी चौरमा बस दुर्घटनामा परी १२ जना घाइते भएका छन् । सिम्ताको देउली बजारबाट जामुने आउँदै गर्दा बुधबार बिहान करिब साढे १० बजे बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ना ७ ख ६०६३ नम्बरको बस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको छ । बसमा सवार २४ जना यात्रुमध्ये १२ जना घाइते भएको प्रहरी निरीक्षक नन्दराम जैशीले जनाकारी दिए ।


प्रहरी निरीक्षक जैशीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी स्थानीय मेहलकुना अस्पतलामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोना ग्राफ बढ्यो, ३६ जना थपिए

६ आश्विन २०७८, बुधबार १३:२४
नेपालगञ्ज : बाँकेमा बुधवार थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीनवटा प्रयोगशालामा १४१ नमुना परीक्षण गर्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । बुधवार संक्रमण पुष्टि भएका सबै भेरी अस्पतालमा गरिएको नमुना परीक्षण मध्येका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी ल्यावमा ६२ नमुना परीक्षण […]