बर्दियाका कोभिड प्रभावित तथा अति विपन्न परिवारलाई स्वच्छता सामाग्री

सदरलाइन संवाददाता २० श्रावण २०७८, बुधबार १२:५०
 


बर्दिया : बर्दियाको राजापुर र बारबर्दिया नगरपालिकामा बसोबास गर्ने कोभिड प्रभावित अति बिपन्न परिवारलाई प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री वितरण गरेको छ ।

क्लबले बारबर्दिया तथा राजापुर नगरपालिकामा सञ्चालन गरिएको आकस्मिक प्रतिक्रिया तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजना अन्तरगत सो सामाग्रीहरु वितरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।

उनले बारबर्दिया नगरपालिकाका १ सय २८ तथा राजापुर नगरपालिकाका १ सय २८ गरि कुल २ सय ५६ घरधुरीलाई सो सामाग्री प्रदान गरिएको बताए । मंगलबार राजापुर नगरपालिका वडा नम्बर ६ तथा बारबर्दिया नगरपालिका वडा नम्बर १० को कार्यालय परिसरमा बितरण कार्यक्रमको आयोजना गरि सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

बितरण गरिएको सामाग्रीमा प्रत्येक परिवारलाई सर्जिकल मास्क २ सय ५० थान, डिजिटल थर्मामिटर १ थान, टुटीसहितको २० लीटरको बाल्टीन १ थान, नुहाउने साबुन ४ वटा, लुगा धुने साबुन ४ वटा, साबुनदानी २ वटा, स्याम्पु २ बट्टा, सेनेटरी कपडा २ प्याकेट, पेन्टी ४ वटा, सेनेटरी प्याड १० प्याकेट, ब्याट्री टर्च २ वटा, सेनिटाईजर ५ सय एमएलको २ वटा, स्वच्छता तथा सरसफाई झोला १ थान लगायतका रहेको युनेस्को बाँकेका अध्यक्ष राजेन्द्र चौधरीले बताए ।


क्लवका अध्यक्ष चौधरीले सोही परियोजना अन्तरगत दुबै पालिका क्षेत्रमा क्लबले कोभिड–१९ बिरुद्ध माईकिंग, बिपद सम्बन्धी सचेतनामुलक पम्पलेट बितरण र सचेतनामुलक होर्डिंगबोर्ड लगाएको जानकारी दिए ।

बाँके युनेस्को क्लबका प्रमुख संरक्षक सिद्दिकी, अध्यक्ष चौधरी, कार्यकारी निर्देशक रबि तुलाधर, सह निर्देशक साजिद अलि सिद्दिकी, राजापुर नगरपालिका वडा नम्बर ६ का सदस्य ठाकुरप्रसाद थारु, शंकर कुमारी थरुनी, स्वास्थ्य चौकी प्रमुख भुवन दहित, बारबर्दिया नगरपालिका वडा नम्बर १० का अध्यक्ष निरन्जन चौधरी लगायतले सो सामाग्री हस्तान्तरण गरेका थिए ।

यसअघि पहिलो चरण अन्तरगत गत महिना राजापुर र बारबर्दिया नगरपालिकाका ६ सय १५ परिवारलाई सोही बमोजिमको सामाग्रीहरु सहयोग गरिएको बांके युनेस्कोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एक युवकको मृत्यु

२० श्रावण २०७८, बुधबार १२:५०
नेपालगञ्ज : कोरोना संक्रमणबाट भेरी अस्पताल नेपालगञ्जमा थप एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–५ बर्दियाका २३ वर्षीय युवकको भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि मंगलवार विहान बागेश्वरी ल्यावमा परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । मंगलवारनै उनलाई भेरीको कोभिड वार्डमा भर्ना गरेर उपचार शुरु गरिएको […]