उढरापुरमा महिला स्वास्थ्य शिविर हुने

११ जेष्ठ २०७५, शुक्रबार १८:१५
 


सदरलाइनडटकम
११ जेठ , नेपालगन्ज : खजुरा गाउँपालिका अन्र्तगत उढरापुर स्वास्थ चौकीले जेठ १३ र १४ गते महिला स्वास्थ शिबिरको आयोजना गर्ने भएको छ ५ र ६ न वडा कार्यालयको सहयोग र उढरापुर स्वास्थ्यचौकीको आयोजनामा २ दिने शिबिर गर्न लागिएको हो ।
आयोजक उढरापुर स्वास्थ्य चौकीका इन्चार्ज तेजबहादुर वलीका अनुसार, प्रजनन उमेर का महिला हरुमा देखिने पाठेघर सम्बन्धि स्वास्थ्य समस्या र आङ(पाठेघर) खस्ने समस्या को परामर्श तथा उपचार गर्न लागिएको हो । यस्तै महिलामा तल्लो पेट दुख्ने,फोहोर पानी बग्ने,यौन रोग, तथा पाठेघर को क्यान्सर सम्बन्धि चेकजाच तथा उपचार सेवा पनि उक्त शिबिरमा गर्न लागिएको छ ।
खजुरा गाउँपालिकाबाट बिनियोजन गरिएको र वडा कार्यालयबाट प्रदान गरिएको कार्यक्रमबाट सो कार्यक्रमहरु सन्चालन गर्न लागिएको हो । आगामी दिनमा गर्भवतीलाई झुल बितरन गर्ने कार्यक्रम रहेको कुरा उढारापुर स्वस्थ्य चौकी इन्चार्ज वलीले बताए ।

Next Post

जुवातास, मदिरा, लागूऔषध, घरेलुहिंसा जस्ता गतिविधि रोक्नको लागि वडास्तरीय सचेतना र्याली

११ जेष्ठ २०७५, शुक्रबार १८:१५
सदरलाइनडटकम १२ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगर वडां नं. १२ लाई बालमैत्री स्थानीय शासन युक्त वडा बनाउनको लागि तयारी तीब्र रुपले अगाडि बढाईएको छ । सो तायारीको लागि शनिबार बिहान ‘बालमैत्री स्थानीय शासन बाल अधिकारको सम्मान’ भन्ने मूल नाराका साथ वडामा बृहत र्याली निकालिएको हो । वडाका नागरिक अगुवा, बालबालिका, […]