२०८३ कात्तिक १८ , मंगलबार
Sadarline
२०८३ कात्तिक १८ , मंगलबार

वडास्तरिय बाल भेला सम्पन्न



सदरलाइनडटकम
५ जेठ, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको वडा नं. १२ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्नको लागि प्रथम वडा भेला सम्पन्न भएको छ ।
नेपालगन्ज वडा नं.१२ को आयोजना तथा सेभद चिल्ड्रेन र बाँके युनेस्को क्लवको सहजिकरणमा सुरु भएको सो भेलामा वडाको विकास निर्माणमा बालबालिकाको सहभागिता गराउदै योजना तर्जुमा गर्नको लागि भेलाको आयोजना गरिएको हो ।
वडा बाल क्लव सञ्जाल की अध्यक्ष विजेता पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष बुद्धिसागर सुवेदी, नेपालगन्ज उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण प्रसाद जोशी, वडा सदस्य दिनेश पन्त, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी, वडा बाल संरक्षण समितिका संयोजक रामु चिडिमार, सल्लाहकार जनकराम भण्डारी, आरुषी सुवेदी लगायतले शुभकामना व्यक्त गरेका थिए ।
पेक्षा मल्लले सञ्चालन गरेको कार्यक्रममा सुरेश केसीले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७५ जेठ ५ गते शनिबार
ताजा समाचार