२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

काम नगर्ने ठेकेदार निगरानीमा



सदरलाइनडटकम
८ जेष्ठ,नेपालगन्ज :  केन्द्रीय गृहमन्त्रालयले म्याद अनुसार काम नसक्ने ठेकेदारलाई निगरानी गर्न निर्देशन दिएपछि बाँकेमा पनि त्यसको कडाईका साथ कार्यान्वयन हुन थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले ठेकेदारहरुको सुचि तयार पार्दै काम भए नभएको बिषयमा निगरानी गर्न थालेको हो ।
प्रशासन स्रोतका अनुसार ठेकेदार मात्र होइन उपभोक्ता समितिको समेत सुचि तयार गरिदैछ । यसका लागि स्थानीय तह लगायत बिभिन्न माध्यम मार्फत पत्र पठाइएको प्रशासन स्रोतले जानकारी दिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश केसीले काम नगर्ने ठेकेदारहरुको सुचि तयार गर्न निर्देशन नै दिएको बताईएको छ ।

प्रकाशित मिति : २०७५ जेठ ८ गते मंगलबार
ताजा समाचार