नरैनापुरको शैक्षिक विकास पहिलो एजेण्डा

१६ बैशाख २०७५, आईतवार १८:०२
 

सदरलाइनडटकम
१६ बैशाख, नेपालगन्ज : नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बघौडाको शैक्षिक सुधार आफ्नो पहिलो एजेण्डा भएकाले शिक्षाको विकासका लागि कुनै कसर बाँकि नराख्ने दृढता व्यक्त गरेका छन् । वडा नम्बर ३ कालाफाँटामा सञ्चालनमा आएको ममता इङ्गलिश बोर्डिङ्ग स्कूलको उद्घाटन गर्दै अध्यक्ष शाहले बघौडा क्षेत्रको शैक्षिक विकास र गुणस्तर वृद्धिका लागि पठनपाठनमा गम्भीर भएर लाग्न सबै विद्यालयहरुलाई निर्देशन दिए ।
निजी विद्यालयहरुको शैक्षिकस्तर सामुदायिक र मदरसा भन्दा राम्रो भएकाले निजी विद्यालय खुल्नु सामुदायिक र मदरसाका लागि चुनौति भएको भन्दै शैक्षिक स्तर सुधारमा लाग्न आग्रह गरे । निजी विद्यालयहरुको पठनपाठन अन्य विद्यालयका लागि प्रोत्साहन हुने अध्यक्ष शाहको भनाई छ । स्रोत, साधन, तालिम र दक्षताका हिसाबले सामुदायिक विद्यालयहरुको अवस्था राम्रो हुँदाहुँदै पनि गुणस्तर सुधार गर्न नसकेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्यले कालाफाँटामा शिक्षाको गुणस्तर बढाउन आफूले सक्दो कोशिस गरिरहेको बताए ।
कार्यक्रममा महेन्द्र मावि मटेहियाका प्राधानाध्यापक पेशकार सिंहले बघौडा क्षेत्रको शैक्षिक सुधारका लागि रणनैतिक कार्ययोजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता औंल्याए । पूर्व प्राथमिक तहको उक्त विद्यालय सञ्चालनमा आएसँगै गाउँपालिकामा निजी विद्यालयको संख्या ४ पुगेको छ । नरैनापुरमा २१ सामुदायिक विद्यालय, २२ मदरसा र ४ निजी विद्यालय गरी ४७ विद्यायल सञ्चालनमा रहेको गाउँपालिकाका स्रोत व्यक्ति त्रिलोकीनाथ मौर्यले बताए ।

Next Post

गोपालनाथ योगी प्रतिनिधिसभाको सचिव नियुक्त

१६ बैशाख २०७५, आईतवार १८:०२
सदरलाइनडटकम १६ बैशाख, नेपालगन्ज :  कानुन ब्यवसायी पृष्ठभूमीका मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता गोपालनाथ योगी प्रतिनिधी सभाको सचिवमा नियुक्त भएका छन् । सभामुख कृष्णबहादुर महराको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार योगीलाई प्रतिनिधीसभाको सचिवमा नियुक्त गरेकी हुन् । सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपाधारा १ बमोजिम राष्ट्रपति भण्डारीले योगीलाई […]

सम्बन्धित