सदरलाइनडटकम
१६ बैशाख, नेपालगन्ज : कानुन ब्यवसायी पृष्ठभूमीका मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ता गोपालनाथ योगी प्रतिनिधी सभाको सचिवमा नियुक्त भएका छन् ।
सभामुख कृष्णबहादुर महराको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार योगीलाई प्रतिनिधीसभाको सचिवमा नियुक्त गरेकी हुन् । सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपाधारा १ बमोजिम राष्ट्रपति भण्डारीले योगीलाई सचिवमा नियुक्त गरेकी हुन् । यसैगरी राष्ट्रियसभाको सचिवमा राजेन्द्र फुयाल नियुक्त भएका छन् ।
