कारकादौंमा सार्वजनिक पुस्तकालय स्थापना

१९ माघ २०७५, शनिबार १७:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सार्वजनिक पुस्तकालय सञ्चालन भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले शनिवार पुस्तकालयको उद्घाटन गरे ।
वडा अध्यक्ष दीपक वर्माले वडाबासीको बौद्धिक विकासका लागि पुस्तकालय संचालन अपरिहार्य भएको बताए । कारकादौंमा स्थापना गरिएको पुस्तकालयबाट नगरबासी सबलैले लाभ लिन पाउने बर्माले बताए । स्थानीय बासिन्दा समेत रहेका प्रज्ञा प्रष्ष्ठिानका सभा सदस्य हरिप्रसाद तिमिल्सेना लगायतको अगुवाईमा पुस्तकालय स्थापना भएको हो ।
यसैबीच वडा अध्यक्ष बर्माको पहलमा वडाबासीको निशुल्क स्वास्थय परीक्षण गरिएको छ । वडा कार्यालयले पौरखी बहुउद्धेश्यीय सहकारी संस्थासँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरमा वडाबासीको आँखा, कान र दन्त परीक्षण गरिएको बर्माले बताए । कार्यक्रमका लागि फत्तेबाल आँखा अस्पताल लगायतलले प्राविधिक सहयोग गरेका थिए ।

Next Post

राप्तीसोनारीको वडानं.७ निशुल्क स्वास्थ्य शिविर

१९ माघ २०७५, शनिबार १७:५३
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी वडानं ७ मा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयको सहयोगमा ईकरा पोलिक्लिनिक एण्ड डाईगोनोसिस सेन्टर प्रालि डुडुवा–५ कम्दीको आयोजना गरिएको सो शिविरमा २७५ जनाले सेवा लिएका छन् । ईकरा पोलिक्लिनिक सञ्चालन समितिका अध्यक्ष मुनिर खाँनको अध्यक्षतामा सुरु भएको सो […]