श्रीमानको कुटपिटका कारण घाइते श्रीमतीको उपचारको क्रममा मृत्यु

१० आश्विन २०७५, बुधबार १७:४३
 

सदरलाइनडटकम
नेपालगञ्ज  :   बाँककोे जानकी गाउँपालिका–६ गनापुर फारमटोलकी २४ वर्षिया जानकी गिरीको उनकै श्रीमानको कुटपिटबाट घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार गत सोमबार राती ११ बजे मृतक जानकीका श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बुधबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।
बाँकेका प्रहरी प्रमुख एस्पी अरुण पौडेलले गत सोमबार राती ११ बजेको घटना भएको र पीडित जानकीलाई उनकै श्रीमानले कुटपिट गरी गम्भीर घाइते भएको अवस्थामा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिए । प्रहरीले सो घटनामा मुख्य दोषी भनिएका मृतक जानकीका श्रीमानको व्यापक खोजि गरी रहेको जनाएको छ ।
उनले सो घटनामा संलग्न भएका मृतकका श्रीमानको खोजी भई रहेको बताए । उनले शवको पोष्ठमार्टम गरी परिवारलाई बुझाउने बताए । प्रहरी उपरीक्षक पौडेलका अनुसार मृतक जानकी चार महिनादेखि श्रीमानसंगै माइती मै बस्दै आएकी थिईन ।
जानकीका श्रीमान भारतमा रोजगारी गरी चार महिना अघिमात्रै नेपाल फर्केका थिए । उनका दुई बच्चा समेत भएको जानकारी आएको छ ।
‘बाहिर हेर्दा शरिरमा कुनै घाउ चोट नभए पनि जानकी अत्यन्तै गम्भीर अवस्थामा उपचारको लागि अस्पताल आएकी थिईन । के कारण उनले कुटपिट गरेर जानकीको ज्यान गयो प्रहरीले अनुसंधान सुरु गरेको छ । सबै अनुसंधानपछि मात्रै खुल्ने छ’–प्रहरी उपरिक्षक पौडेलले भने ।

Next Post

नेपालगञ्ज विमानस्थलमा ३६ हजार नगदसहित भेटिएको हाते व्याग सम्बन्धितलाई बुझाईयो

१० आश्विन २०७५, बुधबार १७:४३
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज विमानस्थल बाहिर भेटिएको कालो रङ्गको लेडिज हाते ब्याग सम्बन्धितलाई बुझाईएको छ । नगद सहित सो व्याग भेटिएको समाचार सदरलाइनडटकमले मंगलबार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएको केही समयमै ब्यागको सम्बन्धित धनि सम्पर्कमा आएकी थिइन । सिमा प्रहरी चौकी हिल्सा हुम्ला दरबन्दीका प्रहरी हवल्दार आत्मराम भण्डारी […]