सदरलाइनडटकम,
रौतहट : एसिड आक्रमणबाट घाइते भएकी रौतहट चन्द्रनिगाहपुर ६ की १८ वर्षीया सम्झना दासको उपचारका क्रममा मृतयु भएको छ । उनको आइतवार राति ११ बजे निधन भएको कीर्तिपुर अस्पताल प्रशासनले जनाएको छ ।
तीजको दरखाने राति सम्झना र उनकी बहिनीलाई रौतहटमा रहेको आफ्नै घरमा सुतिरहेका बेला एसिड प्रहार भएको थियो । एसिड प्रहार गरेको आरोपमा प्रहरीले रामबाबु पासवानलाई पक्राउ गरेको छ ।
बहिनी सुस्मिताको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सुस्मिताको स्वास्थ्य सुधार भइरहेकाले डिस्चार्जको तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
