कर्णालीलाई पर्यटन हबका रूपमा विकास गर्ने मन्त्री अधिकारीको घोषणा

१४ कार्तिक २०७५, बुधबार १७:२६
 

सदरलाइनडटकम,
जुम्ला : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कर्णालीलाई पर्यटन हबका रूपमा विकास गरिने बताएका छन् । जुम्लाको चन्दननाथ नगरपालिका ६ को सिंगाचौरमा निर्माण गरिएको बौद्ध स्तूपाको बुधवार उदघाटन गर्दै उनले यस्तो बताएका हुन् ।
कर्णालीमा पर्यटनको प्रशस्त सम्भावना रहेको भन्दै मन्त्री अधिकारीले हवाई सेवाको बृद्धि पर्यटनको खानीका रुपमा रहेको सम्भावनालाई अझै प्रभावकारी बनाइने बताए । ०६८ बाट निर्माण सुरु गरिएको स्तूपा ७२ फिट अग्लो र ३२ फिट चौडाइ रहेको छ ।
यो स्तूपाको नेपालकै पुरानै बौद्ध प्योगडा शैलीमा गरिएको स्तुपा निर्माणमा सक्रियता देखाएको मुगाली संघका अध्यक्ष कार्माठिन्ले तामाङले बताए । बौद्ध स्तूपा निर्माणका लागि जुम्ला र काठमाण्डौमा बसोबास गर्ने मुगाली समुदायले एक हजारदेखि तीन लाख रुपैयाँसम्म व्यक्तिगत सहयोग र संबिधानसभाका सांसदहरुको सांसद विकास कोषअन्तर्गत कालिकोटका प्रेमबहादुर सिंहले ५० लाख, जुम्लाका बलबहादुर महतले २० लाख, प्रदेश सांसद दीनबन्धु श्रेष्ठले एक लाख, पूर्वसांसद ललितजंग शाहीले १ लाख, जिविसले १ लाख गरी ७३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
पर्यटन मन्त्रालयबाट क्रमागत रूपमा अहिलेसम्म ३७ रुपैयाँ दिएको छ भने साविकको जुम्ला जिल्ला विकास समितिले १ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

Next Post

‘काँग्रेससंग जनताको एजेण्डा छैनन्’

१४ कार्तिक २०७५, बुधबार १७:२६
सदरलाइनडटकम, नेपालगञ्ज   : संघिय सांसद तथा नेकपाका बाँकेका नेता नन्दलाल रोकायले मुलुकलाई उत्पादनसंग जोडेर हिड्न सके सम्बृद्धिको बाटो आफै तय हुने बताएका छन् । नेकपा बाँके निकट व्यावसायीहरुको संगठन राष्ट्रिय बाणिज्य संघ बाँके राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेले संयुक्त रुपमा आयोजना गरेको पर्व उत्सव विषेश चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सो […]