जोर्नी किन दुख्छ, जोर्नी प्रत्यारोपण के हो ?

१८ चैत्र २०७४, आईतवार ०९:२४
 

डा.चक्रराज पाण्डे ग्रान्डी अन्तराष्ट्रिय अस्पताल धापासी काठमाण्डौको मेडिकल डाइरेक्टर हुन् । पाण्डेले बिगत २१ वर्षदेखि निरन्तर रुपमा जोर्नी प्रत्यारोपण गर्दै आएका छन् । उनले जोर्नीको उपचारका बारेमा दिएको स्वास्थ्य जनाकारीलाई अस्पतालको अनलाइन पेजबाट साभार गरीएको हो ।

शरिरको चल्ने भाग छ, त्यसलाई हामी जोर्नी भन्छौं । हात र पाखुराको बीच भाग, हिप ज्वाइन्ट, घुँडा सबै जोर्नी हुन् ।
जोर्नी प्रत्यारोपण दुर्घटनामा परेर अंगभंग भएका र उमेर बढ्दै गएपछि हाड खिइएर भएकाहरुलाई गरिन्छ । जोर्नीमा हाड खिइएर यति दुख्छ कि बिरामी हिड्नै सक्दैन ।
हात, घुडा, चलाउन नै सक्दैन । त्यो हाड खिइएर बिग्रिएको भाग तासेर त्यसपछि कृतिम जोर्नी राखेर गरिने उपचारलाई नै जोर्नी प्रत्यारोपण भनिन्छ ।
बढ्दो उमेरसँगै जोर्नीहरु खिइने र बिग्रने, चोटपटक लागेर जोर्नी फुट्ने र कसै कसैमा जन्मजात भएको खराबिका कारण जोर्निको समुचित विकास नहुने लगायतको अवस्थामा जोर्नी प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।
जोर्नी दुख्ने, हिड्नै नसक्ने, दैनिक गरिदै आएको काम गर्न नसक्ने भएपछि केही समस्या छ कि भनेर चिकित्सकलाई जचाँउनुपर्छ ।
जोर्नी दुखेपछि अप्रेसन विनाको उपचार पद्धतिमा सबैभन्दा पहिला जान सकिन्छ । यसमा नियमित ब्यायाम गर्नुपर्छ । ब्यायामका केही विधि हामीले तय गरेका छौं । हाम्रो फिजियोथेरापी टिमले यस विषयमा सिकाइदिन्छ ।
धेरै मोटाउने मानिसहरुमा पनि यस्तो समस्या देखिदैँ आएको छ । शरिरलाई ओभरलोड भयो भने जोर्नी दुख्ने समस्याले सताउँछ । शरिरले थेक्न नसक्ने गरी मोटो भएपछि त्यसलाई हामी बडी माक्स इडेक्स बढी भएको भन्छौं । जोर्नीमा भार पर्न नदिन मोटोपनलाई हटाउनुपर्छ, नियमित ब्यायाम गर्नुपर्छ । धेरै बेर पलेटी कसेर र टुक्रुक्क बस्न हुन्न ।
जोर्नी दुख्न थालेपछि हड्डी खिइने क्रमलाई ढिलो गराउने इजेक्सन पनि लगाउन सकिन्छ । जसलाई ग्रोथ फ्याक्टर इन्जेक्सन भनिन्छ । विरामीको आफ्नै रगत निकालेर र त्यही रगतबाट ग्रोथ फ्याक्टर तयार गरी जोर्नीमा सुई लगाउन सकिन्छ । यसले हड्डी खिइँने प्रकृयालाई ढिलो बनाइदिन्छ । मलाई पनि जोर्नीको समस्या छ । मैले पनि रगत निकालेर ९ पटक सुइ लगाइसके । रगत निकालेर यसरी सुई लगाउँदा १० वर्षभित्रमा हड्डी खिइन्थ्यो भने ५ वर्ष टाढा धकेल्छ ।
अर्को हड्डी बांगो टिंगो भए त्यसलाई सिधा गर्नुपर्छ । त्यसपछि पनि भएन भने प्रत्यारोपणबाट सहयोग लिन सक्छौ ं। खिइएको भाग तासेर कृतिम जोर्नी राखेर चल्न मिल्ने बनाइन्छ ।
नेपालमा १९९८ तिर घुँडाको प्रत्यारोपण भित्रिएको छ । हिपको त्यो भन्दा अघि देखि नै सुरु भएको हो । त्यस बेला आक्कल झुक्कल मात्र प्रत्यारोपण गरिन्थ्यो । मुटुका विरामी, विरामी नै उपचार गर्न मानसिक रुपमा तयार नहुदाँ र जोर्नीमा पिप आएर इन्फेक्सन भएकाहरु, क्यान्सर भएकालाई जोर्नी प्रत्यारोपण गर्न सकिदैँन ।
नेपालमा घुडाँ, हिपको साथै दुर्घटना परेकाहरुलाई बढी मात्रामा जोर्नी प्रत्यारोपण गरिदैँ आएको छ । बालबालिकामा क्षयरोग भएकाहरुको हकमा भने पछि रगतको सकुलेसन हिप ज्वाइन्टमा नपुग्ने समस्या पनि छ ।
जोर्नी प्रत्यारोपणका लागि सबैभन्दा पहिलो अप्रेसन थिएटर अत्याधुनिक सुविधा सम्पन्न र लेटेस्ट प्रविधिको चाहियो । इन्फेक्सन कन्टोल गर्ने राम्रो ब्यवस्था हुनुपर्यो । साथमा डाक्टरको अनुभव राम्रो हुनुपर्यो । आइसियु राम्रो चाहियो, एथेन्सिया टिम राम्रो हुनु पर्यो, फिजियोथेरापि टिमका साथै बिरामीलाई साइकोलोजिकल रुपमा सपोर्ट दिने अर्को टिम पनि तयार अवस्थामा रहनुपर्छ । अप्रेसनपछि पनि विरामीलाई समस्या आउन सक्छ त्यसलाई पनि ट्याकल गर्नसकने क्षमता हुनुपर्यो । एउटा जोर्नीको उपचार खर्च कम्तीमा ५ देखि ६ लाख लाग्छ ।
सामान्यतया जोर्नी प्रत्यारोपण गरेपछि त्यसले १५ देखि ३० वर्षसम्म काम गर्छ । शल्यक्रियाको माध्यमबाट बिग्रिएका जोर्नी पुर्नस्थापना गर्ने प्रक्रियालाई आर्थोप्लास्टी भनिन्छ । ग्रान्डी अन्तराष्ट्रिय अस्पतालको पेजबाट साभार

Next Post

मुगुको छाँयानाथ रारा नगरपालिकाको वडा नम्बर ६ को बालैबस्ती छाउपढी गोठमुक्त

१८ चैत्र २०७४, आईतवार ०९:२४
सदरलाइन / शुभाकर विश्वकर्मा   १८ चैत, मुगु : छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ लाई छाउपढी गोठमुक्त घोषणा गरिएको छ । मुगु जिल्लाको तेस्रो वस्तीको रुपमा बालैबस्तिलाई छाउपढी मुक्त बस्ति घोषणा गरिएको हो । यसअघि मध्यपश्चिम कै पहिलो वस्तिको रुपमा मुगुको शोभा गाउँलाई घोषणा गरिएको थियो भने । गत माघ […]