सदरलाइनडटकम
६ बैशाख, नेपालगन्ज : बिभिन्न अन्र्तराष्ट्रिय ब्राण्डका इलेक्ट्रोनिक्स सामाग्री बिक्री गर्दै आएको एपेक्स स्मार्ट स्टोरले नेपालगन्जमा बिहिवारबाट आफ्नो शाखा बिस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शसेर राणाले स्टोरको उद्घाटन गरे ।
उद्घाटन गर्दै राणाले स्मार्ट स्टोर सञ्चालनले नेपालगन्जमा प्रतिष्ठा बढाएको बताए । कार्यक्रममा बोल्दै स्टोरका चेयरमेन मुकुन्द तिमिल्सेनाले हरेक इलेक्ट्रोनिक्स सामाग्री स्टोरमा पाइने बताए ।
