बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु

सदरलाइन संवाददाता १४ पुष २०७७, मंगलवार ०९:२४
 

नेपालगञ्ज : बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सुर्खेतको लेकबेसी ९ का ७३ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मंगलवार बिहान साढे ४ बजे मृत्यु भएको हो ।

पुष १२ गते अस्पताल भर्ना भएका उनको १३ गते स्वाब जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड आइसोलेशन आईसियु वार्डमा भर्ना गरिएको थियो ।


रोगको प्रकृतिअनुसार उपचार गर्दासमेत उनको स्वास्थ्य अवस्था विगिँ्रदै गएपछि मंगलवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ७६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

Next Post

नयाँ वर्षका अवसरमा मेरो प्लानेटमा विभिन्न कार्यक्रम

१४ पुष २०७७, मंगलवार ०९:२४
नेपालागञ्ज : अँग्रेजी नयाँ बर्षका अबसरमा मेरो प्लानेटले ३१ डिसेम्बर अर्थात पुस १६ गते साझ साँस्कृतिक कार्यक्रमको आयोजन गर्ने भएको छ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि साँस्कृतिक कार्यक्रमको मज्जा लिँदै रमाउने अवसर नपाएका नेपालगञ्जबासीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो । साँस्कृतिक कार्यक्रमलाई सभ्य र […]