बाँकेमा बुधवार १८ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता ४ फाल्गुन २०७८, बुधबार १६:३३
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १६ र एन्टिजेन परीक्षणबाट २ गरी १८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ३, कोहलपुर मेडिकल कलेजमा १२ र बागेश्वरी ल्यावमा १ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यी तीन अस्पतालमा ७७ जनाको नमुना जाँच भएको थियो ।


यस्तै भारतबाट फर्किने १६३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ७ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९०३ पुगेको छ ।

यस्तै थप १९ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १९ हजार ४८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सिक्टाको ४५ किलोमिटर मूल नहरको निर्माण सम्पन्न

४ फाल्गुन २०७८, बुधबार १६:३३
नेपालगञ्ज : सिक्टा सिँचाइ आयोजनाअन्तर्गत बाँकेको अगैयादेखि पश्चिमतर्फ ४५ किलोमिटर मूल नहरको निर्माण सकिएको छ । तर नहर क्षेत्र आसपासको खेतलाई सिँचाइ सुविधा दिने गरी पानी भने छाडिएको छैन । ५० क्युसेक पानीको बहाव क्षमता रहेको उक्त नहर निर्माणमा १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरको काम सकिएको […]