राप्ती नदिमा बगेर वेपत्ता व्यक्तिको शव तीन दिनपछि फेला

सदरलाइन संवाददाता १५ आश्विन २०८०, सोमबार १२:१८
 

दाङ :  राप्ती नदीमा माछा मार्ने क्रममा बगेर वेपत्ता भएका एक युवकको शब तीन दिनपछि फेला परेको छ । राप्ती गाउँपालिका– ३, मसुरीया निवासी ३७ वर्षीय रामचरण चौधरी गत शुक्रबार दिउँसो २ बजेको समयमा राप्ती नदीमा माछा मार्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

ईलाका प्रहरी कार्यालय भालुवाङ, सशस्त्र प्रहरी बल २९ नम्बर हेट क्वाटर ज्वालामाई गण भालुवाङको टोलीले खोजतलास गर्ने क्रममा गएराती करिब २ बजेको समयमा गढवा गाउँपालिका–१, जेठानगाउँको राप्ती नदीघाटमा चौधरीको शब फेला परेको गणका एसपी गोपाल श्रेष्ठले जानकारी दिए ।


नदीमा जालले माछा मार्ने क्रममा चौधरी बगेर वेपत्ता भएका थिए । चौधरीको शब पोष्टमार्टमका लागि घोराही पठाईएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरी प्रधान कार्यालयको २४ घण्टे र १२ घण्टेपत्रलाई धोती लगाउदै कमाउ धन्धामा प्रहरी वरिष्ठ साईसाव

१५ आश्विन २०८०, सोमबार १२:१८
नेपालगञ्ज : प्रहरी प्रधान कार्यालयको २४ घण्टे र १२ घण्टे पत्रसहितको सरुवा पत्रलाई लत्याउदै बाँकेमा करिव दर्जन प्रहरी वरिष्ठ सई कमाउ धन्धामा लागेको पाईएको छ । शक्तिको आडमा प्रहरी वरिष्ठ सई प्रहरी प्रधान कार्यालयको सरुवा पत्रलाई लत्याई आलोपालोमा दह्रो कमाई हुने स्थान ईप्रका जमुनाह, वडा कार्यालय नेपालगञ्ज, हिरमिनियाँ, साईगाउ, धनौली, […]

सम्बन्धित