तालिबानद्वारा आफगानिस्तानको दोस्रो क्षेत्रीय राजधानी कब्जा

सदरलाइन संवाददाता २४ श्रावण २०७८, आईतवार १५:५०
 

काठमाण्डौ : अफगानिस्तानमा विद्रोही पक्ष तालिबानले दुई दिनमा दोस्रो क्षेत्रीय राजधानी कब्जा गरेको बताएका छन् । अफगानिस्तानका विभिन्न ठाउँमा युद्ध गरिरहेको विद्रोही पक्ष तालिबानले उत्तरी शहर सेबेरगानमा आफ्नो नियन्त्रण कायम गरेका जनाएका छन् ।

यसअघि शुक्रवार उनीहरुले दक्षिण पश्चिममा अवस्थित निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेका थिए ।

२० वर्षको सैनिक कारबाहीपछि विदेशी फौजहरू फिर्ता हुन लाग्दा तालिबानहरूले अफगानिस्तानमा आफ्नो पकड मजबुत बनाउँदै लगेको बिबिसीले जनाएको छ । उत्तरमा कुन्दुज र दक्षिणमा लस्कर गामा पनि भीषण लडाइँ भइरहेका खबरहरु स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । देशका ग्रामीण इलाकाहरूमा कब्जा जमाउन सफल भएपछि हालैका हप्ताहरूमा तालिबानहरूले प्रमुख नगर र शहरहरूलाई निशाना बनाइरहेका छन् ।

सेबेरगान पूर्व अफगान उपराष्ट्रपति तथा युद्ध सर्दार अब्दुल रासिद दोस्तुमको गढ हो र उहाँका समर्थकहरूले तालिबानी विरूद्धको लडाइँको नेतृत्व गरिरहेका छन् । स्थानीय सञ्चारमाध्यमले अफगान फौजहरूलाई सहयोग गर्न १ सय ५० जना मानिसहरू उक्त शहरमा गएको जनाएका छन् ।


तालिबानहरूले भीषण भिडन्त पश्चात् शुक्रबार गभर्नरको परिसरमा नियन्त्रण कायम गरेका थिए तर पछि अफगान फौजले त्यसलाई फर्काउन सफल भएको थियो । तर क्षेत्रीय परिषद्का प्रमुख बबुर इस्चीले उग्रवादीहरूले अहिले पनि लडाँइ चलिरहेको एउटा सैनिक शिविर बाहेक शहरका सम्पूर्ण क्षेत्र कब्जामा लिएको बताए ।

अफगान रक्षा मन्त्रालयका प्रवक्ता अमनले बीबीसीसँग कुरा गर्दै विमानस्थलसहित अझै पनि सरकारी फौजहरूको बहुमत रहेको र सेबेरगान निकट भविष्यमा आतङ्कवादीहरूबाट अलग हुने बताए ।

तालिबान अधिकारीहरूले उनीहरूले सेबेरगानस्थित एउटा जेललाई नियन्त्रणमा लिएको जनाएका छन् । सामाजिक सञ्जालमा राखिएको भिडिओमा सयौँ बन्दीहरू शहरको जेलबाट बाहिर निस्किरहेको देख्न सकिन्छ ।

हालैका हप्ताहरूमा तालिबानहरूले छिमेकी देशहरूसँगका महत्त्वपूर्ण सीमा नाका पनि कब्जा गरेका छन् । उक्त समूहले पाकिस्तानसँगको सीमा बन्द गरेको छ र तस्बिरमा दर्जनौँ अफगान नागरिक पाकिस्तानी क्षेत्रमा फसेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जलाई जर्मन दूतावासद्वारा बाँके रेडक्रश मार्फत ४६ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्त्रण

२४ श्रावण २०७८, आईतवार १५:५०
नेपालगञ्ज  : बाँकेमा कोरोना संक्रमणको संभावित तेस्रो लहरको तयारीको लागि करिव ४६ लाख बराबरको स्वास्थ्य सामाग्री नेपालगञ्ज उपमहानगरलाई उपलब्ध भएको छ । जर्मन दूताबासले जिआईजेडको माध्यामबाट जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको रोहवरमा बाँके रेडक्रश मार्फत सो सामाग्री उपलब्ध गराएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक तथा बाँकेका प्रमुख […]

सम्बन्धित