नेपालगन्ज जेसीजको ट्राफिक चेतना कार्यक्रम

६ बैशाख २०७५, बिहीबार १७:५२
 

सदरलाइनडटकम,
६ बैशाख, नेपालगन्ज : नेपालगन्ज जेसीजले बिहीबार बिहान धम्वोझीमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सप्ताहव्यापी कार्यक्रम अन्र्तगत चौथो दिन ट्राफिक सचेतना कार्यक्रम गरीएको सप्ताह मुल समितिका संयोजक प्रज्वल श्रेष्ठले जानकारी दिए ।
उनले बाटो पारगर्दा जेव्राक्रसिङको प्रयोगमा सर्वसाधारणले ध्यान नदिने, हेलमेट नलगाएर सवारी चलाउने लगायत ट्राफिक उलङ्घन गरेको पाईएकाले ट्राफिक प्रहरीसंग सहकार्य गरी सचेतनामूलक कार्यक्रम गरिएको बताए ।
नेपालगन्ज उप–महानगरका मेयर डा. धवल शम्शेर राणाको उपस्थितिमा सम्पन्न गरिएको कार्यक्रम वैशाख १ गतेदेखि सुरु भएको सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आगामी ८ गते नेपालगन्ज कारागारमा आँखा शिविर सन्चालन गर्ने, १२ गते कम्दीको शिवपुरमा स्वास्थ्य शिविर सन्चालन गर्ने र १५ गते समापन गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।


 

Next Post

रोल्पा गुरिल्लाज र बर्दिया टाइगर्स विजयी

६ बैशाख २०७५, बिहीबार १७:५२
सदरलाइनडटकम ६ बैशाख, कोहलपुर (बाँके) : कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी नेपालगन्ज कप टि–२० क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा बर्दिया टाइगर्स र रोल्पा गुरिल्लाज विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेल अर्घाखाँची सिमेन्ट्स बर्दिया टाइगर्सले आशिर्वाद पेन्ट्स पाल्पा योद्धाजलाई ८ रनले पराजित गरेको हो । पहिलो ब्याटिङ्ग गरेको बर्दिया  टाइगर्सले  […]