प्रशासकीय अधिकृतसहित १४ जना जुवाको खालबाट पक्राउ

सदरलाइन संवाददाता १८ पुष २०७८, आईतवार १३:३०
 

नेपालगञ्ज : जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी मधुकुमार थापाका अनुसार उनीहरू जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित एक घरमा जुवा खेलिरहेका थिए ।


उनीहरूको साथबाट २ लाख ५२ हजार १२० रुपैयाँ नगद पनि बरामद गरिएको डीएसपी थापाले जानकारी दिए । प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाको नाम सार्वजनिक भने गरेको छैन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा तीन वर्षीय बालक तलाउमा मृत भेटिए

१८ पुष २०७८, आईतवार १३:३०
नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका–३ इन्द्रपुरका तीन वर्षीय बालक तलाउमा मृत अवस्थामा फेला परेका छन् । पुष १३ गते अपरान्ह खेल्दा खेल्दै हराएका निशार मोहम्मद शेषका तीन वर्षीय छोरा अक्सत शनिवार राती तलाउमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तिले जानकारी दिए । ५० मिटर […]

सम्बन्धित