आमाको नामबाट नागरिकता पाउन अझै कठिन

६ बैशाख २०७५, बिहीबार ११:५६
 


सदरलाइनडटकम
६ बैशाख, नेपालगञ्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं.३ का मोहम्मद शकिल हलवाईले आमाको नामबाट नेपाली नागरिकता नपाए पछि उनले जिल्ला प्रशासन कार्यालय बाँकेमा मैले नागरिकता कहिले सम्म पाउँछुु भनी सूचना माग गरेका छन् । नेपालको संविधानले आमाको नामबाट नागरिकता पाउने कानुुनी प्रावधान भएपनि जिल्ला प्रशासन कार्यालय, बाँकेले हलवाईलाई नागरिकता दिन ढिलाई गरेको छ ।
नेपालको संविधान अनुसार आवश्यक कागजात पेश गर्दा पनि बिभिन्न बहाना देखाउँदै नागरिकता दिन आनाकानी गरेपछि एक बर्ष पहिले शकिलले जिल्ला अदालतमा मुुद्धा दर्ता गराएका थिए ।

जिल्ला अदालतले पनि २०७४ जेठ १४ गते महिना दिन भित्र शकिललाई नागरिकता प्रमाणपत्र उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, बाँकेलाई आदेश दिएको थियो । नेपालगन्जका दीपिका सोनीले नागरिकता पाएपछि आफूले पनि पाउनुु पर्ने तर नपाएपछि निराश हुुदै जिल्ला प्रशासन कार्यालयमा सुचना माग गरेको हलवाईले बताए ।
अदालतले गरेको आदेशको कार्यान्वयन गर्नुु पर्ने र आमाको नामबाट तत्काल नागरिकता उपलब्ध गराउनुु पर्ने सूचना र मानव अधिकार अनुुसन्धान केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारी बताएका छन् ।


सोम गुरुङ्गको सहयोगमा

Next Post

आर्थिक पत्रकारिता सम्बन्धी तालिम शुरु

६ बैशाख २०७५, बिहीबार ११:५६
सदरलाइनडटकम,  ६ बैशाख, काठमाडौं : आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरिएको हो । उक्त तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य […]