इस्लाम धर्मावलम्बीले सोमवार मोहम्मद डे मनाउँदै

सदरलाइन संवाददाता २ कार्तिक २०७८, मंगलवार १३:३७
 

नेपालगञ्ज : इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव आज नेपालमा पनि मनाईंदैछ । ‘मोहम्मद डे’ पनि भनिने यस दिन मुस्लिम समुदायले र्याली निकाल्ने, मस्जिदहरुमा कुरान पाठ गर्ने, उनका उपदेश स्मरण गर्ने, सामूहिक भोज खाने र एकअर्कामा शुभकामना साटासाट गर्ने चलन छ ।

मोहम्मद डे लाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ । आमरुपमा हामी नेपाली मुस्लिम समुदायले मोहम्मद जयन्ती भनेर मनाउने गर्दछौँ । १४९१ वर्ष पहिले अरब देशको मक्का शहरमा बनु हाशिम खानदानमा हजरत अब्दुल मुत्तलिबको घरमा बुवा हजरत अब्दुल्लाह र आमा हजरत अमिना रदिउल्लाह ताला अन्हुमाको कोखबाट २२ अप्रिल ५७१ ई.वि मा हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो ।

अरेबिक महिनाको रबिउल अब्बलको १२ तारिख सोमवारका दिन विहान सूर्य उदाउनु पूर्व हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लमको जन्म भएको हो । मोहम्मदको जन्म दिनलाई संसारभरमा मुस्लिम धर्मावलम्बीहरुले मोहम्मद–डे मनाउने गर्दछन् ।

मोहम्मद जन्मिँदा रगतले नलतपतिएको, नुहाइदिइसकेपछिको जस्तो सफा, सुगन्धयुक्त र जन्मजात खतना गरिएको अवस्थामा थिए भनिन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबको मदिनामा भएको थियो । त्यसैले पनि साउदी अरबको मक्का र मदिनालाई पवित्र तिर्थस्थल मानिन्छ ।


मोहम्मद–डे का अवसरमा आफ्नो परम्परा वमोजिम गरिब, असक्त अनाथ बालबालिकाहरुलाई दान दिने, घर–आगँन सरसफाई गर्ने, घरमा इस्लामीक झण्डा फहराउने, दिप–प्रज्वलन गर्ने, मोहम्मदको यादमा मिलादुन नबीको आयोजना गर्ने र मोहम्मदको गुणगान गर्दै जुलुस निकाली मोहम्मद जयन्ति मनाउने प्रचलन रहँदै आएको छ ।

हजरत मोहम्मद सलल्लाहु अलैहे वसल्लम अल्लाहको दुतको रुपमा जगतमा आएको इतिहास बताउँछ । मोहम्मदको मिठो बोली, सुद्ध तथा नैतिक आचरण तथा व्यवहारबाट अरबका जनताहरु प्रभावित भएका थिए ।

४० वर्षसम्म उहाँले अरबमा रही इस्लाम धर्मका धार्मिक मान्यताबारे जनतालाई प्रशिक्षित गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेडिकल कलेजको प्रशासनिक कक्षमा तालाबन्दी

२ कार्तिक २०७८, मंगलवार १३:३७
नेपालगञ्ज : विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीले मंगलवार प्रशासनिक कक्षमा तालाबन्दी गरेका छन् । तलव वृद्धि, भत्तालगायतका विभिन्न सात बुँदे माग राखेर उनीहरु सोमवारदेखि आन्दोलनमा उत्रिएका हुन् । कर्मचारी संगठन, कर्मचारी संघ र नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनको संयुक्त आन्दोलनरत कर्मचारीहरुले माग पूरा नभएसम्म […]