अवैध रुपमा भित्र्याइएका बोइलर कुखुरा बरामद

सदरलाइन संवाददाता ९ कार्तिक २०८०, बिहीबार १५:५५
 

नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको सशस्त्र प्रहरीले अवैध रुपमा भित्रिएको चार क्विन्टल बराबरको भारतीय बोइलर कुखुरा बरामद गरी नष्ट गरेको छ ।

नष्ट गरिएको बोइलर कुखुरा सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाइँ नेतृत्वको मोवाइल गस्ती टोलीले बिहीवार जानकी गाउँपालिका १ स्थित बढैयाबाट बरामद गरेको थियो ।

आरटीआर मे १० प ३४७७ र हीरो यूपी ३४ ए भी २३८९ नम्बरको दुईवटा मोटरसाइकलमा लोडगरी ल्याउँदै गरेको अवस्थामा प्रहरीको मोवाइल गस्ती टोलीलाई देखेपछि कुखुरा र मोटरसाइकल छाडेर चालकहरु फरार भएको बढैया बिओपिका प्रमुख सशस्त्र प्रहरी निरीक्षक टीकाराम गोसाईले बताए ।


बरामद गरिएका बोइलर कुखुराको अनुमानित बजार मूल्य एक लाख ४ हजार रुपैयाँ रहेको बताइएको छ । उक्त बोइलर कुखुरालाई साईगाउँ प्रहरी चौकीका प्रहरी हवल्दार नरेश थारू, वडाध्यक्ष मोहम्मद रजा राई स्थानीय बुद्धिजीबीु लागायतको उपस्थितिमा जानकी गाउँपालिका १ स्थित बढैया बिओपिको बेस परिसरमा नष्ट गरिएको हो ।

बरामद गरिएको बोइलर कुखुरा र दुईवटा मोटरसाइकलको अन्दाजी मूल्य ४ लाख ५८ हजार रहेको प्रहरीले जनाएको छ । यता नियन्त्रणमा लिइएको दुवै मोटरसाइकललाई नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्र प्रहरी निरीक्षक गोसाईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एचआइभी संक्रमित आमाबुवाबाट जन्मिएका संक्रमणमुक्त बालबालिका

९ कार्तिक २०८०, बिहीबार १५:५५
नेपालगञ्ज : नेपालगञ्जस्थित भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त बालबालिका जन्मिरहेका छन् । एचआइभी सङ्क्रमित आमाबुवाबाट सङ्क्रमणमुक्त शिशु जन्मन थालेपछि सङ्क्रमित आमाबुवाको खुशीको सीमा छैन । उनीहरु निकै उत्साहित भएका छन् । भेरी अस्पतालमा चिकित्सकको प्रत्यक्ष निगरानीमा रही नियमित औषधि सेवन गरिरहेका […]