आर्थिक पत्रकारिता सम्बन्धी तालिम शुरु

६ बैशाख २०७५, बिहीबार १७:३३
 

सदरलाइनडटकम, 
६ बैशाख, काठमाडौं : आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा आयोजना गरिएको हो ।
उक्त तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिएका थिए ।
पहिलो दिनको तालिममा विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकारले तालिममा भाग लिएका थिए ।
त्यस्तै शुक्रबार नेपालको आर्थिक पत्रकारितका समस्या र चुनौतिका विषयमा तालिम हुने छ भने शनिबार धितोपत्र बजार र कमोडिटी सम्बन्धीसँग सम्बन्धीत विषयमा तालिम हुने छ ।

Next Post

स्मार्ट स्टोर सञ्चालन

६ बैशाख २०७५, बिहीबार १७:३३
सदरलाइनडटकम ६ बैशाख, नेपालगन्ज : बिभिन्न अन्र्तराष्ट्रिय ब्राण्डका इलेक्ट्रोनिक्स सामाग्री बिक्री गर्दै आएको एपेक्स स्मार्ट स्टोरले नेपालगन्जमा बिहिवारबाट आफ्नो शाखा बिस्तार गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शसेर राणाले स्टोरको उद्घाटन गरे । उद्घाटन गर्दै राणाले स्मार्ट स्टोर सञ्चालनले नेपालगन्जमा प्रतिष्ठा बढाएको बताए । कार्यक्रममा बोल्दै स्टोरका चेयरमेन मुकुन्द […]

ताजा अपडेट