बर्दियाको भुरीगाउँमा लायन्सको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२१ पुष २०७५, शनिबार १९:५७
 

सदरलाइनडटकम,
भुरीगाउँ (बर्दिया) : लयान्स क्लव ईन्टर नेशनल डिष्टिक ३२५बि–२ अन्तरगतको एरिया नं.६ मा रहेका क्लबहरुको आयोजनामा बर्दियाको भुरीगाउँमा बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा रहेको त्रीभुवन उमाविमा आयोजित सो स्वास्थ्य शिविरको ठाकुरबाबा नगरपालिकाका प्रमुख धननारायण श्रेष्ठले उद्दघाटन गरेका हुन । उनले लायन्सले समाजसेवा मार्फत ग्रामिण क्षेत्रमा विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गरेर साच्चिकै सेवाको भाव प्रकट गरेको बताए ।
शिविरमा सहभागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत सिनियर सर्जन डा. श्यामसुन्दर यादवले घरदैलोमा नै विषेशज्ञ सहितको स्वास्थ्य सेवा दिन पाउदा आफुहरुलाई पनि गर्व महशुस हुने बताए ।
स्वास्थ्य शिविरका संयोजक तथा लायन्स क्लब ईन्टरनेशनलका पूर्व डिष्टिक गर्भनर सेम शाक्यले सो विशेषज्ञ सहितको निशुल्क बृहत स्वास्थ्य शिविरमा सो नगरपालिका र आसपासका ९ सय ४५ले विभिन्न प्रकारको सेवा लिएको जानकारी दिए ।
सो कार्यक्रममा पहिलो पटक मुटु र स्तन तथा पाठेघरको क्यान्सरको विशेषज्ञ डाक्टरको उपस्थितिमा चेकजाँच गरिएको थियो ।
स्तन तथा पाठेघरको क्यान्सर, हाडजोर्नी, सर्जरी, स्त्रीरोग, बालरोग फिजिसियन, डेन्टललगायतको बिज्ञहरुले सेवा दिईएकोे आयोजकले जनाएको छ । ‘धेरै भन्दा धेरै सेवा लिनेहरुको सहभागिता हुनेगरी विभिन्न रोगका विशेषज्ञलाई सो शिविरमा लगेर सेवा दिएका छौ । यसको लागि लायन्स क्लवका एरिया नं. ६ का सबै क्लबका साथिहरु, डिष्टिकका लायन्स लिडरहरुको सक्रिय सहभागिता रहेको छ’–संयोजक तथा पूर्व डिस्टिक गर्भनर शाक्यले भने ।
सो निशुल्क स्वास्थ्य शिविरमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा कार्यरत डा. श्यामसुन्दर यादवले सर्जरीका १४०, डा. प्रकाशबहादुर थापा हाडजोर्नीका २१०, डा. कृष्णप्रसाद अधिकारीले मुटुरोगका १५०, डा. खगेन्द्रजंग शाहले मेडिसिनका १५०, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डा. विश्वराम पौडेलले १२०, नेपालगन्ज मेडिकल कलेज डा रोमा बोराले बालरोगका ४०, डा सुप्रभा केसीले स्त्रीरोगका ७० र लायन्स डेन्टल अस्पताल नेपालगन्जका डा पल्लव शर्माले ६५ विरामीलाई सेवा दिएका छन् ।
शिविरमा मुटुका गम्भीर प्रकृतिका ७ जना विरामीको ईको समेत गरिएको थियो । ३ जना स्त्रीरोगको समस्या रहेका विरामीलाई भेरी अञ्चल अस्पतालमा रिफर गरिएको साथै सोही शिविरमा आएका १५ जनामा क्यान्सरको आशंका गरिएकोले उनीहरुलाई थप जाँचको लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा रिफर गरिएको आयोजकले जनाएको छ । 

Next Post

नरैनापुरमा विपन्न आवास कार्यक्रम शुरु

२१ पुष २०७५, शनिबार १९:५७
सदरलाइनडटकम, नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकामा विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको छ । फुसरहित छाना बनाउने अभियानअन्तर्गत विपन्न आवास सहयोग कार्यक्रम शुरु गरिएको हो । चालु आर्थिक बर्षमा गाउँपालिकाका १ सय २५ विपन्न घर परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए । […]