औद्योगिक क्षेत्रमा नयाँ उद्योगलाई छैन ठाउ“

२ बैशाख २०७५, आईतवार १३:४४
 


सदरलाइनडटकम
२ चैत, नेपालगन्ज ः ठाउ“ नभएपछि नेपालगञ्ज औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयले १५ बर्षदेखि नया“ उद्योग खोल्ने अनुमति दिएको छैन । पूर्वाधार भएका कारण उद्योगी, व्यवसायीहरुले औद्योगिक क्षेत्रमा उद्योग सन्चालनका लागि भने निरन्तर सम्पर्क गरिरहेको कार्यालय प्रमुख कृष्णबहादुर पुनले जानकारी दिएका
छन् ।
उनका अनुसार रुग्न र सञ्चालन हुन नसकेका उद्योगहरु बन्द भएपछि त्यसले प्रयोग गरिरहेको जग्गामा नया उद्योग आउने गरेका छन् । कार्यालयमा रहेका उद्योगहरुले बार्षिक करिब चार अर्ब रुपिया मुल्य बराबरको सामान उत्पादन गरिरहेको छ । रुग्न र जीर्ण उद्योगहरुको स्थानमा नया उद्योग स्थापना र चालु रहेका उद्योगहरुको उत्पादन बढेपछि बर्षेनी उत्पादन बढ्न थालेको कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए ।
हाल निर्माणाधिन रहेका दुईवटा उद्योग सञ्चालनमा आएपछि बार्षिक उत्पादन अझ बढ्ने भएको छ ।
औद्योगिक क्षेत्रमा रहेका उद्योग प्रतिष्ठानमा करिब एक हजारले प्रत्यक्ष रोजगारी पाईरहेका छन् । २०३० सालमा भारत सरकारको सहयोगमा स्थापना भएको नेपालगञ्ज औद्योगिक क्षेत्रमा साना ठुला गरी ३६ वटा उद्योग सञ्चालनमा रहेका छन् । जस मध्ये ३१ वटा चालु अवस्थामा रहेका छन् भने दुई वटा निर्माणाधिन अवस्थामा रहेका छन् ।
औद्योगिक क्षेत्रमा नेपाल सरकारको पुंजीगत लगानी एक करोड ८२ लाख ८३ हजार र निजी क्षेत्रको लगानी करिब ९१ करोड रुपिया रहेको छ । औद्योगिक क्षेत्रले बार्षिक २३ करोड रुपिया राजश्वमा योगदान दिदै आएको छ ।
औद्योगिक क्षेत्रले जमिन बहाल, गोदाम बहाल र भवन बहालमा उपलब्ध गराउदै आएको छ । २३३ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रको १८६.०७ रोपनी क्षेत्रफल बहालमा दिइएको छ । ४६.९३ रोपनी युटिलिटी सेवाले ओगटेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले मुख्यतया प्लाईउड, केवल, मेटलका भाडावर्तन, वर्कसप, पिउने पानी, प्लाष्टिक, पाईप लगायतका सामान उत्पादन गर्दै आएका छन् ।

Next Post

मेडिकल कलेजमा तलबको बिबाद

२ बैशाख २०७५, आईतवार १३:४४
  सदरलाइनडटकम २ चैत, नेपालगन्ज ः  लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगन्जमा कर्मचारीलाई तलब खुवाउने बिषयमा बिबाद भएको छ । कमचारीलाई आधा महिनाको तलब खुवाउने भन्ने व्यवस्थापकिय पक्षको प्रचार प्रति कर्मचारीहरुले तिब्ररुपमा बिरोध जनाएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँ, कर्मचारी संगठनका मुस्लिम खाँ, कर्मचारी संघका सुभाष खनालले संयुक्त […]