नेपालगञ्जसहित तीन विमानस्थलमा बन्दै ‘नयाँ टर्मिनल भवन’

सदरलाइन संवाददाता १८ भाद्र २०७९, शनिबार १३:२९
 

नेपालगञ्ज : विमानस्थलको स्तरवृद्वि गर्ने लक्ष्यअनुसार तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण हुने भएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्ज, भरतपुर र विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवन निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

नेपालगञ्जको टर्मिनल भवन बनाउन तीन अर्ब ५० करोड, विराटनगरको तीन अर्ब ५४ करोड र भरतपुर विमानस्थलको टर्मिनल भवन बनाउन एक अर्ब ७५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार करिब नौ अर्ब रुपैयाँ लगानीमा निर्माण हुने तीन वटा नयाँ टर्मिनल भवनको काम तीन वर्षभित्र सक्ने गरी योजना प्राधिकरणले बनाएको छ ।

५० वर्षभन्दा पुराना ती विमानस्थलका टर्मिनल भवन साँघुरो, पानी चुहिने, जीर्ण अवस्थामा पुगेकाले सुविधा सम्पन्न टर्मिनल भवन बनाउन लागिएको उनले बताए ।


नेपालगञ्ज र विराटनगर विमानस्थलमा हाल रात्रिकालीन उडानसमेत हुँदै आएकाले हवाई उडान र यात्रुको चापका आधारमा उड्डयन सुरक्षा तथा यात्रुको सुविधालाई दृष्टिगत गरी नयाँ टर्मिनल भवन बनाउन लागिएको उनको भनाइ छ ।

उनले भने, ‘नयाँ टर्मिनल भवनमा कन्भेयर बेल्ट, यात्रु प्रतीक्षालय, कन्फेक्सरी सप, पसल क्लब सहितको खुला र फराकिलो भवन निर्माण हुन लागेको हो ।’

त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा बन्ने नयाँ टर्मिनल भवन निर्माणका लागि नेपाली सेनासँग छलफल भइरहेको प्रवक्ता निरौलाले बताए ।

हाल विमानस्थलको सुरक्षामा खटिएको नेपाली सेनाको ब्यारेक रहेको क्षेत्रमा नयाँ टर्मिनल भवन बनाउने तयारी अनुसार सेनालाई धावन मार्गको पारिपट्टि सार्नेबारे छलफल भइरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा विश्वविद्यालयका लागि जग्गा सिफारिस गर्ने निर्णय

१८ भाद्र २०७९, शनिबार १३:२९
नेपालगञ्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि जग्गा उपलब्ध गराउन सिफारिस गरिएकोछ । बाँकेको खजुरामा निर्माण हुने लुम्बिनी प्राविधिक विश्वविद्यालका लागि आवश्यक पर्ने ९० बिघा जमिन उपलब्ध गराउन सिफारिस गरिएको हो । जिल्ला सिफारिस समितिको अध्यक्ष एवम बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीसहितले जग्गाका लागि सिफारिस गरेको खजुरा गाउँपालिकाका अध्यक्ष […]

सम्बन्धित