सदरलाइनडटकम,
कञ्चनपुर : धारिलो हतियार प्रहारबाट कञ्चनपुरमा एक जनाको हत्या भएको छ । पुनर्वास नगरपालिका–५ का ५० वर्षीय गोपाल कुँवरको धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।
कुँवरको छिमेकी ३५ वर्षीय गोरे भनिने गौरव खड्काले शनिवार राती हत्या गरेको प्रारम्भिक अनुसन्धानमा पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।
फरार रहेका खड्काको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । थप अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको उनले बताए ।
