गठबन्धनको स्पष्ट बहुमत आउने काँग्रेस प्रवक्ता महतको दाबी

सदरलाइन संवाददाता १८ कार्तिक २०७९, शुक्रबार १५:५५
 

नेपालगञ्ज : नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल प्रेस युनियन बाँकेले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता महतले आगामी मंसिर ४ मा हुने निर्वाचनमा आम नेपाली जनताले कांग्रेस नेतृत्वकै सरकार चाहेकाले गठवन्धनलाई नै जिताउने जिकिर गरेका हुन् ।

स्थायीत्व, संविधानको रक्षा र समृद्धिका लागि पनि अहिले काँगे्रसले जित्नु अनिवार्य भएकाले जनता कांग्रेसप्रति नै विश्वस्त रहेको उनको भनाई थियो । देशैभरि पाँच दलीय गठबन्धनका उम्मेदवार उठेका र यो वा त्यो पार्टी नभनी ती उम्मेदवारलाई जिताउन सक्रिय रूपमा लाग्न पनि उनले कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।


बाँकेमा गठवन्धनका उम्मेदवार अन्य पार्र्टीका भन्दा योग्य रहेको भन्दै उनले असन्तुष्टिलाई विर्सेर रुख र गठवन्धनकै उम्मेदवारका पक्षमा मतदान गर्नु अपील गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एम्सको क्यालेन्डरमा नेपालगञ्ज म्याराथन, नेपाल पहिलो पटक विश्व म्याराथनको सुचीमा

१८ कार्तिक २०७९, शुक्रबार १५:५५
  नेपालगञ्ज :  बिगत आठ वर्षदेखि नियमित सञ्चालन हुँदै आएको नेपालगञ्ज म्याराथन बिहिवारदेखि विश्व म्याराथनको सर्वोच्च निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)को अफिसियल क्यालेन्डरमा समावेश गरिएको छ । एम्सले बिहिवार सार्वजनिक गरेको २०२२ नोभेम्बरदेखि २०२४ फेब्रुअरीसम्मको क्यालेन्डर सार्वजनिक गर्ने क्रममा डिसेम्बर १० तारिख शनिबारका दिनहुने म्याराथनको सुचिमा नेपालगञ्ज […]