सदरलाइनडटकम
२ चैत, नेपालगन्ज ः लर्डबुद्ध एजुकेशनल एकेडेमी नेपालगन्जमा कर्मचारीलाई तलब खुवाउने बिषयमा बिबाद भएको छ । कमचारीलाई आधा महिनाको तलब खुवाउने भन्ने व्यवस्थापकिय पक्षको प्रचार प्रति कर्मचारीहरुले तिब्ररुपमा बिरोध जनाएका छन् ।
स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खाँ, कर्मचारी संगठनका मुस्लिम खाँ, कर्मचारी संघका सुभाष खनालले संयुक्त बिज्ञप्ती जारी गरी व्यवस्थापन पक्षको तिबू्र बिरोध जनाएका हुन । उनीहरुले कर्मचारीहरुको मनोवल गिराउन र उनीहरुलाई आतंकित पार्नका लागि व्यवस्थापन पक्षले आधा महिनाको तलब खुवाउने भन्दै हल्ला फिजाएर आतंक मच्चाएको भनाई छ ।