सदरलाइनडटकम,
बर्दिया : बर्दियामा एक किशोरी बलात्कृत भएकी छन् । बढैयाताल गाउपालिका– ८ की ११ वर्षीया किशोरी बाख्रा चराउन जंगल गएको बेला बलात्कृत भएकी हुन् ।
उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको प्रहरी उपरीक्षक मोहनप्रसाद मैनालीले बताए । बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको उनले जानकारी दिए ।
बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ । पक्राउ परेकाहरु १६–१७ वर्षको रहेको र उनीहरुले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको भन्दै प्रहरी उपरीक्षक मैनालीले पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बताए ।
Next Post
खजुरा गाउँपालिकाले मेलमिलापकर्तालाई आधारभूत प्रशिक्षण दिदै
२६ कार्तिक २०७५, सोमबार १८:१५
सम्बन्धित
-
२८ पुष २०७७, मंगलवार १६:४४
मानन्धर हत्यामा संलग्न थप दुई अभियुक्त पक्राउ
-
५ भाद्र २०७५, मंगलवार ०९:५३
दुई घर पुरिए
-
१२ चैत्र २०७५, मंगलवार १५:२०
विप्लवका चार कार्यकर्ता सल्यानमा पक्राउ
-
३१ भाद्र २०७९, शुक्रबार १४:०१
ठूलो परिमाणको लागुऔषधसहित बाँकेमा एक पक्राउ
-
२४ माघ २०८०, बुधबार १३:५६
सोनाहा जातिको पेशा संकटमा
-
१ असार २०७९, बुधबार १३:३४
हरिजन आत्महत्याबारे छानविन समितिले बुझायो प्रतिवेदन