शिक्षकलाई लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षा शास्त्रमा क्षमता निर्माण तालिम

सदरलाइन संवाददाता १० कार्तिक २०८१, शनिबार १४:०६
 

गुलरिया (बर्दिया) : प्लान इन्टरनेशनल नेपालको आर्थिक साझेदारीमा बाँके युनेस्को क्लबद्वारा बर्दियामा सञ्चालित बालिका ससक्त परियोजना अन्तर्गत गुलरियामा लैङ्गिक रूपान्तरण शिक्षा र शिक्षा शास्त्रमा क्षमता निर्माण सम्बन्धी ३ दिने तालिम शुरु गरिएको छ ।

तालिमको उदघाटन गर्दै पूर्व सिंचाई मन्त्री एवम बर्दियाका संघिय सांसद संजयकुमार गौतमले बिद्यालयमा लैङ्गिक रूपान्तरणमुखी शिक्षा लागु गर्नु पर्ने कुरा महत्वपूर्ण भएको बताए ।


उनले लैङ्गिक रूपान्तरण शिक्षाको नीति निर्माणमा कार्य गर्ने कुरालाई जोड दिनु पर्ने बताए । पूर्वमन्त्री गौतमले शिक्षाको क्षेत्रमा पछिल्लो समयमा धेरै काम भएको दाबी समेत गरे ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा भएको उदघाटन शत्रमा गुलरिया नगरपालिका, शिक्षा, युवा तथा खेलकुद साखाका प्राबिधिक सहायक चन्द्रबहादुर खत्री, बाँके युनेस्को क्लबका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु चौधरी र फिल्ड सुपरभाइजर भगवती बिकको पनि उपस्तिथी रहेको थियो ।

तीन दिनसम्म सञ्चालन हुने सो तालिममा गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकाका सामुदायिक बिद्यालयहरुका प्रधानाध्यापक र जेसीफोकल शिक्षकहरु गरि २१ जनाको सहभागिता रहेको छ । बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्दप्रसाद लामिछानेले सो तालिममा सहजीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *