२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

सम्पादक सुवेदी सम्मानित



सदरलाइनडटकम 
१९ फागुन नेपालगन्ज : संरक्षणको क्षेत्रमा कलम चलाएको भन्दै सदरलाइनडटकमका सम्पादक रुद्र सुवेदी शनिबार एक समारोहका बीचमा सम्मानित भएका छन् ।
बाँके राष्ट्रिय निकुन्जको आयोजनामा ‘युवाको जागरण बाघ–चितुवाको संरक्षण’ भन्ने मुल नाराका साथ बाँकेको कोहलपुरमा आयोजना गरिएको चौथो समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियानका क्रममा सम्पादक सुवेदी सम्मानित भएका हुन ।
राष्ट्रिय निकुन्ज विभागका उप महानिर्देशक गोपालप्रसाद उपाध्याय, बाँके राष्ट्रिय निकुन्जका प्रमुख सरंक्षण अधिकृत डिलबहादुर पुर्जापुन, सहायक संरक्षण अधिकृत लालबाहदुर भण्डारीले दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
सुवेदीसंगै कान्तिपुर दैनिकका ठाकुर सिंह थारु, नेपाल टेलिभिजनका कृष्ण अधिकारी, नागरिक दैनिकका अर्जुन वली र केशव राना पनि सम्मानित भएका छन् ।
राष्ट्रिय निकुन्ज तथा आरक्षमा रहेका बाघ चितुवा नियन्त्रणका लागि समुदायमा आधारित चोरी शिकार नियन्त्रणमा युवा जागरण अभियानको चौथो श्रृंखला बाँके राष्ट्रिय निकुन्जमा सुरु भएको छ । सो अभियानको प्रदेश नं.५ का उप सभामुख कृष्णी थारुले एक समारोहका बीचमा उद्दघाटन गरेकी थिईन ।
बाघ तथा चितुवाको चोरी शिकार नियन्त्रणका लागि युवा सक्रियता बढाउने उद्देश्यले नेपाल सरकारले २०७१ असार ६ गते समुदायमा आधारित युवाको जागरणः बाघ–चितुवाको संरक्षण भन्ने अभियान मनाउन थालिएको हो ।

प्रकाशित मिति : २०७४ फागुन १९ गते शनिबार
ताजा समाचार