आँखामा लाग्ने खस्रेरोग(ट्रकोमा)को समस्या हट्यो

१३ चैत्र २०७४, मंगलवार १५:५८
 

सदरलाइनडटकम
१३ चैत, नेपालगन्ज : कुनै बेला निकै ठूलो समस्यामा रुपमा रहेको आ“खामा लाग्ने खस्रे (ट्रकोमा) रोग निवारण भएको नेपाल नेत्रज्योति संघको अध्ययनले देखाएको छ । ट्रकोमा रोग अब जनस्वास्थ्यका लागि समस्याका रुपमा न रहेको संघको भनाई छ ।
सन् १९८१ मा गरिएको एक सर्वेक्षण अनुसार नेपालका कुल जनसंख्याकोे ६ प्रतिशत मानिसमा ट्रकोमा रोग लाग्थ्यो । जसले गर्दा धेरैले यसै कारणले दृष्टि गुमाउथे । यसै कारणले सरकारले यो रोग हटाउनका लागि सन् २००२ बाट ट्रकोमा रोग निवारण सम्बन्धी कार्यक्रम गर्दै आएको थियो ।
अब यो रोग जनस्वास्थ्यका लागि समस्याका रुपमा नरहेको नेपाल नेत्रज्योती संघ ट्रकोमा रोग कार्यक्रमका फोकल पर्सन शेखर शर्माले बताए ।
मंगलबार यसै बिषयमा नेपालगन्जमा बिभिन्न क्षेत्रका आंखा बिशेष सहित कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सो बिषयमा बृहद छलफल भएको शर्माले बताए ।



‘अध्ययन र अनुगमनबाट हेर्दा अब नेपालमा ट्रकोमा रोग एक जनस्वास्थ्य समस्याकोरुपमा छैन र यो रोगको बाहुल्यता ५ प्रतिशत भन्दा कम रहेको जानकारी गराउछौं’–शर्माले भने । यो रोग बा“के, बर्दिया लगायत २० जिल्लामा लाग्ने गरेको थियो ।
कार्यक्रम संयोजक हुकुम पोखरेलले ७५ वटै जिल्लामा ट्रकोमा रोगका बारेमा सर्वेक्षण गरेको र उन्मुलनको लागि अन्तिम चरणमा पुगेको बताए । उनले उन्मुलनको अन्तिम चरणमा पुगे पनि व्यक्तिगत सरसफाईमा हात मुख र आँखा दैनिक सफा पानीले धुने गरेमात्र पनि रोग नलाग्ने बतए । विभिन्न आँखा अस्पतालका निर्देशक तथा प्रमुख र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको कार्यक्रममा सहभागिता रहेको थियो
नेत्र ज्योती दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नेपाल नेत्र ज्योती संघका उपाध्यक्ष चक्रबहादुर सिंह, महासचिव श्याम कुमार पोख्रेल, केन्द्रीय सदस्य तथा रण अम्बीका आँखा अस्पतालका अध्यक्ष सागर प्रताप राणा, राप्ती आँखा अस्पतालका व्यवस्थापक कृष्णकुमार गिरी, ईनभिजनका धर्मपाल प्रसाद रमनलगायतले आफ्नो भनाई राखेका थिए ।  

Next Post

खजुराको वडा नं. ५ र ६ पुर्ण खोप सुनिश्चित वडा

१३ चैत्र २०७४, मंगलवार १५:५८
सदरलाइनडटकम १३ चैत, नेपालगन्ज  : बाँकेको खजुरा गाउँपालिकालाई यसै महिनाभित्र पुर्ण खोप सुनिश्चित घोषणा तयारी अन्र्तगत वडा नम्बर ५ र ६ लाई मंगलबार पुर्ण खोप सुनिश्तित घोषणा गरिएको छ । एक कार्यक्रमका बीच खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, वडा नम्बर ५ का अध्यक्ष देबेन्द्रमान श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष […]

सम्बन्धित