मंगलवार सात जना डिस्चार्ज

; २३ भाद्र २०७७, मंगलवार १२:२५
 

नेपालगञ्ज : बाँकेमा मंगलवार ७ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । आईसोलेशनको १४ दिने बसाईपछि उनिहरु डिस्चार्ज भएका हुन् ।


१९ वर्षदेखि ५१ वर्ष उमेर समुहका २ जना महिला तथा ५ पुरुष डिस्चार्ज भएको स्वास्थय कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताए । योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या ८ सय ३८ पुगेको छ ।

Next Post

अर्घाखाँचीका कोरोना संक्रमितको बाँकेमा मृत्यु

२३ भाद्र २०७७, मंगलवार १२:२५
कोहलपुर (बाँके) : अर्घाखाँचीका एक कोरोना संक्रमित पुरुषको बाँकेमा निधन भएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १२ का ४२ बर्षीय पुरुषको मंगलवार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । ट्रिपर चालक ती पुरुष साउन २७ […]