नेपालगञ्जका खेलाडीको गृहनगरमा भव्य स्वागत

१३ भाद्र २०७६, शुक्रबार १७:१६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको धम्बोझी क्लब नेपालगञ्जका खेलाडीलाई शुक्रवार गृहनगर नेपालगञ्जमा भव्य स्वागत गरिएको छ । प्रदेश नम्बर ५ मुख्य मन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको विजेता क्लवका खेलाडीलाई नेपालगञ्जबासीले बाजागाजासहित खेलाडीहरुलाई नगरपरिक्रमा गर्दै सम्मान र स्वागत गरेका हुन् ।
खेलाडीको स्वागत गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर सुनीलसिंह हमालले प्रदेशस्तरीय लिगको विजेता क्लवका खेलाडीलाई बधाई ज्ञापन गर्दै उपमहानगरपालिकाले औपचारिक सम्मान कार्यक्रम गर्ने बताए । धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, क्लवका पूर्व अध्यक्ष तथा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल लगायतको उपस्थितीमा खेलाडीहरुको बाजागाजासहित नगर परिक्रमा गराइएको हो ।
क्लवका अध्यक्ष खड्काले बाँकेले लामो समयपछि यसखालको उपाधी जित्न सफल भएको भन्दै यो धम्बोझीबासीका लागि मात्रै नभएर जिल्लाकै लागि गर्वको विषय भएको उल्लेख गरे । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले धम्बोझी क्लवले प्राप्त गरेको सफलता बाँके जिल्लाबासीको सफलता भएको बताउँदै खेलाडीको हौसला बढाउने र राष्ट्रिय लिगमा उत्कृष्ट प्रदर्शन गर्नका लागि खेलाडीको सम्मानलगायतका कार्यक्रम राखिने बताए ।
लिग विजेता भएपछि धम्बोझी क्लवले प्रदेश ५ को प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा सहभागिता जनाउने बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । लिग विजेता क्लवले नगद ५ लाख पुरस्कार प्राप्त गरेको छ ।

Next Post

शिक्षकनै विरामी भएपछि विद्यालय ठप्प

१३ भाद्र २०७६, शुक्रबार १७:१६
सदरलाइनडटकम, कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बैशाखामा रहेको श्रीराम आधारभूत विद्यालयका शिक्षक भाइरल ज्वरोका कारण विरामी परेपछि विद्यालय बन्द भएको छ । विद्यालयमा कार्यरत तीन जना शिक्षकलाई भाइरल ज्वरो आएपछि तीन अघिदेखि विद्यालय बन्द भएको हो । विद्यालयमा दुई जना निजी र एक जना बालविकासमा गरी तीन जना शिक्षक […]

सम्बन्धित