अथक र फुलारामको पक्षमा कोहलपुरका दलित समुदाय

सदरलाइन संवाददाता २६ कार्तिक २०७९, शनिबार १३:४९
 

कोहलपुर (बाँके) : बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का दलित अगुवाहरुले बाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवारहरुलाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन् । कोहलपुरमा भेला भएका दलित अगुवाहरुले अहिलेको अवश्यकता गठबन्धन नै भएको भन्दै मुख्य दलहरु मिलेर मात्र अहिलेको समस्या समाधान हुने बताए ।

‘दलहरु मिलेर आउँदा हामि खुसी छौं’ उनिहरुले भने । परिर्वतनका लागी लडेका दलहरु एउटै मोर्चा बनाएर चुनावमा आउनुलाई राम्रो रुपमा लिनु पर्ने उनिहरुको भनाई थियो । कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार महेश्वर जंग गहतराज (अथक)ले सबैको अधिकार रक्षाकालागी गठबन्धनले काम गर्ने बताए ।


बिगतमा दलित भुमिहीनलाई राज्यले एक पटक अनिवार्य जमिन दिने निती लिएको भन्दै त्यसलाई कार्यन्यन गर्न पनि गठबन्धनका सरकार अवश्यक रहेको बताए । समाज बिकासमा दलित समुदायको ठुलो योगदान रहेको भन्दै अब राष्ट्र निर्माणका लागी योगदान गर्न गठबन्धनका उम्मेदवारलाई बिना सर्त मतदान गर्न उनले आग्रह गरेका थिए ।

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले उल्पिडीत समुदायका पक्षमा आफु रहेको भन्दै आफुलाई बिजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष अमर परियार, दलित नेता कृष्ण बिक, अमर विक शिव सुनार लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भूकम्प पीडितलाई राहत रकम वितरण

२६ कार्तिक २०७९, शनिबार १३:४९
डोटी : डोटीमा भूकम्पले ज्यान गुमाएकाका परिवारलाई राहत वितरण गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर मङ्गलवार राति गएको भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम उपलब्ध गराइएको हो । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट ६ जनाले ज्यान गुमाएका थिए । जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहोरालाई […]