खजुराको वडा नं. ५ र ६ पुर्ण खोप सुनिश्चित वडा

१३ चैत्र २०७४, मंगलवार १६:१६
 

सदरलाइनडटकम
१३ चैत, नेपालगन्ज  : बाँकेको खजुरा गाउँपालिकालाई यसै महिनाभित्र पुर्ण खोप सुनिश्चित घोषणा तयारी अन्र्तगत वडा नम्बर ५ र ६ लाई मंगलबार पुर्ण खोप सुनिश्तित घोषणा गरिएको छ ।
एक कार्यक्रमका बीच खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति, वडा नम्बर ५ का अध्यक्ष देबेन्द्रमान श्रेष्ठ, वडा नम्बर ६ का अध्यक्ष साबिर जोलाहसहितका जनप्रतिनिधि, जनस्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाईजर देवेन्द्र कंडेल लगायतको उपस्थितीमा सो घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपतिले खोप नलगाए कै कारण कुनै पनि बालबालिका अकालमा ज्यान गुमाउन नपरोस भनेर गरिएको कार्यक्रम सफल पार्न सबैलाई आह्वान गरे ।
कार्यक्रममा उढरापुर स्वास्थ्यचौकीका इन्चार्ज तेजबहादुर ओलीले यस अवधीम २ सय १० बालबालिकालाई हरेक प्रकारको खोप दिइएको बताउँदैैैै सहयोग गर्ने सबैलाई धन्यबाद दिए । कार्यक्रममा जनप्रतिनिधि, खजुरा गाउँपालिका स्वास्थ्य संयोजक पुर्ण खड्का, उपसंयोजक लक्ष्मी केसी लगायतको सहभागिता रहेको थियो ।


Next Post

सरकारबाट नीजि क्षेत्र उत्साहित : भवानी राणा

१३ चैत्र २०७४, मंगलवार १६:१६
सदरलाइनडटकम १३ चैत, नेपालगन्ज  : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नया“ सरकारको आर्थिक विकासको लक्ष्यबाट नीजि क्षेत्र उत्साहित भएको बताएकी छन् । आर्थिक विकासको सरकारी लक्ष्यबाट नीजि क्षेत्र उत्साहित भएको र त्यसलाई सफल बनाउन सरकारसंग हातेमालो गर्ने अध्यक्ष राणाले प्रतिबद्धता जनाएकी छन् । नेपालगन्जमा मंगलबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै […]