घोडाघोडी नगरपालिकाका मेयरमाथि गोली प्रहार, अवस्था गम्भीर, उपचारको लागि नेपालगन्ज लगियो

२८ फाल्गुन २०७४, सोमबार २१:५७
 

सदरलाइनडटकम
२८ फागुन, धनगढी :  कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति ८ बजेर १० गोली र खुकुरी प्रहार भएको छ । आफ्नै निवास घोडाघोडी नगरपालिका–१ सुखडबजारमा बसिरहेको अवस्थामा चारजनाको समुहमा मोटरसाइकलमा आएको अज्ञात समूहले मेयर चौधरीलाई गोली र खुकुरी प्रहार गरेको बताइएको छ ।
मेयर चौधरीलाई आक्रमण गर्ने मध्ये एकजनाले मोटरसाइकल मेयरको चौधरीकै घरमै छोडेर भागेको बताइएको छ ।
मेयर चौधरीको टाउँकोमा खुकुरी र कम्मर तल गोली लागेको छ । स्थानीय घोडाघोडी अस्पतालमा चौधरीको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।
घटनापछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजाल, प्रहरी प्रमुख लगायतका सुरक्षा अधिकारी सदरमुकाम धनगढीबाट घटनास्थल गएका छन् । घटनास्थल धनगढीबाट झन्डै दुई घण्टाको दूरी पूर्वमा पर्छ ।
मेयर चौधरीलाई गत बिहीबार सोहि नगरपालिका ५ कि राधा चौधरीलाई बोक्सी भनि कुटपिट गर्नेहरूलाई संरक्षण गरेको आरोप लगाइएको थियो । तर मेयर चौधरीले त्यसको एक प्रेस बिज्ञप्ती प्रकाशित गरि खण्डन गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको पुष्टि गर्दै घटनास्थलमा प्रहरी परिचालन गरेको जनाएको छ ।

Next Post

नरैनापुर गाउपालिकामा आठ दिने उद्यमशिलता तालिम सुरु

२८ फाल्गुन २०७४, सोमबार २१:५७
सदरलाइनडटकम २९ फागुन, नेपालगन्ज : घरेलु तथा साना उद्योग विकास कार्यालय नेपालगन्जको आर्थिक सहयोगमा बाँकेको नरैनापुर गाउपालिकामा ८ दिने उद्यमशिलता विकास तालिम शुरु गरिएको छ । गाउपालिकाका विभिन्न वडाका ३२ जना व्यवसायीलाई छनोट गरी उनीहरुलाई तालिममा सक्रिय सहभागी गराउँदै तत्काल आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य उदेश्य रहेको छ । गरिबी निवारणका […]

सम्बन्धित