सदरलाइनडटकम
२२ फागुन, नेपालगन्ज : स्थानीय तहले दिने सेवा सुविधाको दुरुपयोग नहोस भन्ने उद्देश्यले बाँकेको डुडुवा गाउँपालिकाले घरधुरी सर्भेक्षण तथा घर नम्बर कायम गर्न शुरु गरेको छ । मंगलबारदेखि गाउँपालिकाको वार्ड नं. १ होलियाको स्थानीय प्रेमा बर्माको घरबाट घर नंम्बर कायम गरि नम्बर प्लेट टाँस्न शुरु गरिएको जनाएको छ ।
अभियानको एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष पप्पु चौधरीले शुभारम्भ गर्दै यसले गाउँपालिकाको घरधुरी तथा सदस्य संख्या निर्धारण भई अधिकारिक हुनुको साथै हरेक सेवा सुविधा सहज र सरल रुपमा नियमित प्रवाह गर्नमा सहयोग पुग्ने बताए ।
सो कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष पटेश्वर कुर्मी, वडा सचिव देवीलाल चौलागाई लगायतको उपस्थितीमा मंगलबारदेखि नै घरधुरी सर्भेक्षण समेत शुरु गरिएको छ । गाउँपालिकाको पञ्च वर्षिय अवधिक योजना निमार्ण तथा प्रोफाईल तयार गर्नका लागि घरधुरी सर्भेक्षण थालिएको हो ।
गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, उद्देश्य, क्रियाकलाप, शिक्षा स्वास्थ्य, कृषि, सिंचाई, बाल तथा मातृ मृत्युदर, बाढी प्रकोपको अवस्थाका विषयमा पहिचान गरि सोही अनुरुप योजना तयार गरिने प्रमुख प्रशासकिय अधिकृत दिपक पौडेलले जानकारी दिए ।
उनले होलियाबाट शुरु भएको सर्भेक्षणको कार्य गाउँपालिकाको ६ वटै वडामा गरिने बताए । सो सर्भेक्षणका लागि ६० जना तथ्याक संकलनकर्ता परिचालन गरिएको गाउँपालिकाले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्