२०८३ कात्तिक २३ , आइतबार
Sadarline
२०८३ कात्तिक २३ , आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना



सदरलाइनडटकम  
२८ फागुन, काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो । ढाकाबाट आएको ड्यास–८ विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो।
विमान बंगलादेशको जहाज धावनमार्गमा आगलागी भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए। दुर्घटनामा घाइते यात्रुलाई अस्पताल ल्याउने कार्यक्रम भइरहेको जानकारी दिए। सो विमानमा चालक दलका ४ जना सहित ७१ जना यात्रु रहेको जानकारी प्राप्त भएको छ ।विमानमा रहेका १४ जनाको उद्दार गरी उनीहरुलाई उपचारको लागि अस्पताल पठाईएको छ ।
विस्तृत केहीबेरमा आउँने बताईएको छ । फोटो : दैनिक नेपाल

प्रकाशित मिति : २०७४ फागुन २८ गते सोमबार
ताजा समाचार