२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

कटुवा पेस्तोलसहित बढई पक्राउ



सदरलाइनडटकम  
१७ फागुन, नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले कटुवा पेस्तोलसहित एकजनालाई नियन्त्रणमा लिएको छ । बिहीबार बाँकेको नरैनापुर–४ का रामप्रसाद बढईलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
३३ वर्षिय बढईले लुकाई छिपाई भारतबाट ल्याएको अवस्थामा बिहीबार दिउसो चार बजेतिर फक्राउ गरेको छ । संघिय प्रहरी इकाइ कार्यालय नेपालगन्जबाट खटिएको अनुसन्धान टोलीले बढईलाई खानतलासी गर्दा पेस्तोल बरामद भएको जनाएको छ । पक्राउ परेका बढईलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय भगवानपुरमा बुझाएको बताएको छ ।

प्रकाशित मिति : २०७४ फागुन १७ गते बिहीबार
ताजा समाचार