Sadarline
२०८३ असोज २९ , बिहीबार

अभ्यासका क्रममा ग्रिनेड विस्फोट, चारजना घाइते



काठमाडौँ, १९ माघ । महाराजगञ्जस्थित भैरवनाथ गणमा अभ्यासका ग्रिनेड विस्फोट हुँदा चारजना सैनिक घाइते भएका छन् ।


नियमित सैनिक अभ्यासका बेला आज बिहान ग्रिनेड विस्फोट हुँदा एकजना सैनिक गम्भीर घाइते र अन्य तीनजना सामान्य घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गम्भीर घाइते भएकाको छाउनीस्थित नेपाली सेनाको अस्पताल र अन्य तीनजनाको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७४ माघ १९ गते शुक्रबार
ताजा समाचार