२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

सल्यानको लुहाममा बस दुर्घटना हुँदा ४ को मृत्यु १२ गम्भीर घाइते



सदरलाइन / चिना विएल 
८ माघ, रुकुम : रुकुमबाट दाङ घोराही जाँदै गरेको मालिका कालिका यातायात प्रालिको ना ५ ख ५३१ नम्बरको यात्रु बाहक बस सल्यानको लुहाम नजिक भान्टाखोलामा दुर्घटना भएको छ ।

सोमबार दिउसो साढे २ बजेतिर भएको सो दुर्घटना परि ४ जनाको घटनास्थल मै ज्यान गएको र १२ जना गम्भीर घाइते भाएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुकुमकी पुष्पा खड्का केसी र सल्यान बागचौर नपा १० की ६५ बर्षीया छन्चरी बिक रहेको र मृत्यु हुने अन्य दुई जना पुरुषको सनाखत हुन सकेको छैन ।

प्रहरीका अनुसार सो वसमा ३० यात्रु सवार रहेका थिए । घाइतेलाई घटनास्थलबाट उद्दार गरी उपचारको लागि नेपालगन्ज पठाईएको जानकारीमा आएको छ ।

प्रकाशित मिति : २०७४ माघ ८ गते सोमबार
ताजा समाचार