सदरलाइनडटकम
२४ पुस, नेपालगन्ज : भारतको रुपैडिहा बजारमा सोमबार दिउसो भएको मोटरसाइकल दुर्घटनामा दुई नेपाली नागरिक घाइते भएका छन् । सदरलाइनडटकमका सहयोगी सञ्चारकर्मी सन्तोष शुक्लाले दिएको जानकारी अनुसार भे ७ प ४५९५ नंम्बरको निलो पल्सर मोटरसाईकलमा रहेका बाँके जुगनभरियाका १८ वषिय पवन बर्मा र २२ वर्षका राकेश बर्मा गम्भीर घाइते भएका हुन भने एकजना नाम नखुलेका सकुशल रहेका छन् ।
तीब्र गतीमा रहेको सो मोटर साईकलमा ३ जना सवार रहेको र पेट्रोल लैजादै गरेको बेलामा ओभरटेक गर्ने क्रममा उनीहरु दुर्घटनामा परेको भारतीय प्रहरीलाई उद्रीत गर्दै सहयोगी शुक्लाले जनाएका छन । घाइते दुबैको उपचारको लागि भारतको बहराइच सदर अस्पताल पठाईएको जानकारी प्राप्त भएको छ ।
