२०८३ कात्तिक १३ , बिहीबार
Sadarline
२०८३ कात्तिक १३ , बिहीबार

राप्रपा महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल एमालेको मञ्चमा  …



सदरलाइनडटकम
२७ मंसिर, नेपालगन्ज : राप्रपा महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणा एमाले निकट प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा अतिथि बनेर सबैलाई आश्चर्य बनाई दिएका छन् ।
पूर्व एमाले नेता समेत रहेका राप्रपा महामन्त्री तथा मेयर राणा एमाले स्थायी समिति सदस्य तथा बामबठबन्धनबाट पाँचं नं. प्रदेसका लागि प्रस्तावित मुख्य मन्त्री शंकर पोख्रेलले आफ्नो भनाई राखि रहेकै बेलामा उनी मञ्चमा पुगेका थिए ।
एकहप्ता अघिसम्म बामगठबन्धनका बिरुद्ध चर्को खनिदै आएका मेयर डा.राणालाई बामगठबन्धनको एक घटक एमाले निकट प्रेस चौतारीले आयोजना गरेको कार्यक्रमको मञ्चमै आसन ग्रहण गरेपछि आश्चर्य हुनु परेको एमाले नेताले बताए ।


उनी मञ्चमा आशन ग्रहण गरे संगै उनलाई एमाले नेत्रृ सुजिता शाक्यले माला लगाई दिएकी थिईन । उनको सो कार्यक्रममा आवगमन बारे एमाले बाँकेका अध्यक्ष अशोक कोईरालाले पार्टीका नेता शंकर पोख्रेललाई भेट्न आएको कारण अतिथि बनाईएको बताए ।
बाँकेमा मेयर राणाको राप्रपाले नेपाली काँग्रेससंग तालमेल गरेर लोकतान्त्रिक गठबन्धन बनाएको थियो सधैका विजेता र निकटतम प्रतिद्धन्दीबीच गठबन्धन हुँदा पनि उनका उम्मेदवार निक्कै पछि रहदै तेस्रो स्थानमै सिमित भएका थिए ।

प्रकाशित मिति : २०७४ मंसिर २७ गते बुधबार
ताजा समाचार